नेपालमा सुरु भयो पङ्गास माछाको भुरा उत्पादन

कपिलवस्तु : पङ्गास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ।

कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो।

नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहँुदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो।

पहिलो पटकमा पाँच÷छ लाख भुरा उत्पादन भएको सो ह्याचरीका सञ्चालक फरहान अकबाल खाँनले जानकारी दिए। माछा उत्पादक ह्याचरी व्यवसायीले धैरेपटक प्रयास गर्दासमेत सफलता हासिल गर्न नसकेपछि बङ्गलादेशबाट चिकित्सक झिकाइ उत्पादन गरिएको उनले बताए।

भारत र बङ्गलादेशबाट ल्याइने एक किलो माछाको भुरामा एक हजार ३०० हुन्छ भने नेपालमै उत्पादन गरेको भुरा एक किलोमा ८०० हुन्छ। बङ्गलादेशका माछा चिकित्सक सपनले छ महिनाको मेहेनतले ह्याचरीमा भुरा उत्पादन भएको जानकारी दिए।

नेपालमा सिलभर, विगहट, कामन, ग्रास, रोहुु, नैनी जातको भुरा उत्पादन हुँुदै आए पनि सो जातको माछाका भुरा पहिलोपटक छ लाख तयार हुने चिकित्सक सपनले बताए। बजारको मागअनुसार अरु भुरा उत्पादन गरिने उनले जानकरी दिए।

अत्यधिक खपत हुने माछाका भुरा यहाँ उत्पादन नहुँदा वार्षिकरूपमा नेपालबाट करिब पाँच करोडको भुरा भारत र बङ्गलादेशबाट आयात हुँदै आएको थियो। खानामा स्वादिलो, कडा नहुने, कम समयमा उत्पादन हुने, जाडोमा समेत उत्पादन गर्न सकिने र करिब सात महिनामा एक किलोको हुने भएकाले सो जातका माछाको माग बढेको बताइएको छ।

पङ्गास माछा

यो जातको माछाको शरीर लामो, कत्लाविहीन हुन्छ। टाउको केही सानो, मुख चौडा र गिजामा स–साना तिखा दाँत हुन्छन्। आँखा केही ठूलो, ओठमा दुई जोडी जुङ्गा, पखेटा केही खैरा हुन्छन्।

ल्याटरल लाइनसँगै माछा सानो छँदा कालो धर्सा र ठूलो भएपछि सेता लामा धर्सा देखिन्छन्। पङ्गास माछाको प्रमुख आहारा भनेको प्लेटदाना हो।

यसलाई शारीरिक तौलको आधारमा दुई–तीन किलोका दरले दैनिकरूपमा दाना दिनुपर्छ। पङ्गासियसका माछाको पालन प्रविधि एक जातीय माछापालन मनोकल्चरको रूपमा गरिन्छ।

प्रोटिन भएको प्लेटदाना र अन्य व्यवस्थापन राम्रो मिलाउन सक्दा करिब सात महिनाको अवधिमा बिक्रीयोग्य साइज एकदेखि सवा किलोको माछा बनाउन सकिने बताइएको छ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

2 thoughts on “नेपालमा सुरु भयो पङ्गास माछाको भुरा उत्पादन

Leave a Reply

Your email address will not be published. Required fields are marked *