‘हर्दिनाथ एक’ नामक धानको बाला सुक्ने समस्या, किसान मारमा

चितवन: पूर्वी चितवनमा लगाइएको ‘हर्दिनाथ एक’ नामक जातकाे धानको बाला सुक्ने समस्या देखा पर्न थालेको छ । खैरहनी तथा राप्ती नगरपालिकाका किसानले लगाएको धानमा जब दाना लगाउने सुरसार गर्दै थियो, तर दाना नलागी सुक्दै गएको पाइएकाे हो ।

एक साताअघिसम्म “हर्दिनाथ एक” जातको धान राम्रो भएको भए पनि अहिले सिङ्गो फाँटमा यो रोग देखा परेको राप्तीका किसान पुरेन्द्र पाठकले गुनासो गरे । धानमा एक्कासि रोग देखापरेपछि कृषि प्राविधिकले २० प्रतिशत मात्र धान आउने कुरा गरेका थिए । किसानहरुले भने आफूहरुको लगाएको धानमा बाला नै नभएको गुनासो गरेका छन् ।

पुर्वी चितवनका विभिन्न क्षेत्रमा लगाएको चैते धानमा रोग लागेसँगै किसानहरु मारमा परेका छन् । बाला लाग्ने समयमा धानमा रोग लागेपछि किसानहरुको चिन्ता थपिएको छ । चितवनका भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाएको धान काट्ने समयमा धानको बोटमा दानामा लाग्ने डरुवा र नेक ब्लाष्ट नामको रोग देखिएको हो ।

सो क्षेत्रमा लगाएको ६० प्रतिशत धानहरुमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई चितवनले जानकारी दिएको छ । अहिले पुर्वी चितवनमा ३ हजार हेक्टरमा लगाइएको हर्दिनाथ एक धानमा दानामा लाग्ने डरुवा रोग लागेको कार्यालयका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

पुर्वी चितवनमा ५ हजार क्षेत्रफलमा चैते धान लगाइएको छ । विशेष गरी हर्दिनाथ १ र विजि १४४२ जातकाे धानमा बालामा दाना डढुवा रोग र नेक ब्लाष्ट रोग देखा परेको उहाँले बताउनुभयो । यस्तै पीआर र जेरी जातमा पनि शिथ ब्लाइट रोग देखा परेको छ ।

नपसाएको र पसाउने बेलाको धानमा कासुधामाईसिल वा कार्वेडाजिल विषादी प्रयोग गरेमा यस रोगबाट बच्न सकिने बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाको भनाई रहेको छ ।

हर्दिनाथ १ भन्दा जेरी एक महिनाअगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानहरुले बताएका छन् । त्यसले गर्दा किसानहरुले पछिल्लो समय हर्दिनाथ १ जातको धान रोप्दै आएका थिए । अहिले गुणस्तरीय बीउ, प्रांगारिक मल, रासायनिक मल, अन्य उत्पादन सामहरू, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या भएकाे किसानहरु बताउँछन् ।

लकडाउनका कारण फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई चितवनका सुचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । अहिले कोरोनाको जोखिम उच्च छ । त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधन समेत नभएको उहाँको गुनासो छ ।

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले भएको गाडी पनि लैजाँदा फिल्डमा जान समस्या भएको कार्यालयको भनाई छ । चितवनमा यस वर्ष करिब ८ हजार हेक्टर जमिनमा चैते धान लगाइको छ । न्युज 24 मा खबर छ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments