एउटै बोकाको साढे दुई लाख

म्याग्दी: म्याग्दीमा बोयर जातको एउटै बोका साढे दुई लाख रुपैयाँमा बिक्री भएको छ ।

बेनी नगरपालिका–३, भकिम्लीका धन श्रीषले सञ्चालन गरेको बाख्रा फार्मको बोयर जातको एउटै बोका साढे दुई लाखमा बिक्री भएको हो ।

‘लकडाउन’कै अवधिमा उनले बोका र बाख्रा बिक्री गरेरमात्रै २० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

बोयर जातका खसी–बोकाको माग बढेसँगै अहिले अनलाइनमार्फतसमेत ‘बुकिङ’ लिन थालिएको छ ।

धनले खसी–बोकाका लागि ६० रोपनी जग्गामा उन्नत जातको घाँसखेती लगाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?