सूर्यविनायकको गाई फार्ममा आगलागी

भक्तपुर। सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् ।

फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान ३ बजे आगो नियन्त्रणमा आएको उनले जानकारी दिए। प्रहरीका अनुसार आगलागीबाट रु आठ लाख ७० हजार बराबरको क्षति भएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments