च्यानडाँडाका किसानद्वारा कागतीको नर्सरी उत्पादन

नर्सरी खेती

खोटाङ। साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका किसान सामूहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् ।

यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको रु दुई लाख आर्थिक सहयोग पाएपछि सामूहिकरुपमा बेर्ना उत्पादन शुरु गरेका हुन् ।

‘एक वडा, एक उत्पादन’को नीतिसहित हरेक वडामा नर्सरी व्यवस्थापन तथा प्रवद्र्धनका काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए। “गाउँपालिका कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा लागेको छ”, उनले भने, “हरेक नर्सरी उत्पादन सफल भएकाले चिया, कागती, नासपाती र कफीको बेना अन्यत्र खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

बाँझे च्यानडाँडाका किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य लिएका छन् । हाल किसानले कागतीको नर्सरीको जराको विकास गर्न जर्खराउने (उखालेर पुनः माटो खुकुलो पारेर रोप्ने) काम गरिरहेका छन् ।

कागतीको बेर्ना उत्पादन, कागतीको खेती विस्तार एवं बिक्रीका लागि समूहमा आबद्ध २२ किसानले प्लाष्टिकको टनेलभित्र कागतीको बेर्ना हालेका गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए । गाउँपालिकाको सहयोगमा स्थानीय किसान चिया, नासपाती र कफीको बेर्ना उत्पादनमा समेत लागेका छन् ।

साकेला गाउँपालिका–३ खिदिमामा चिया, वडा नम्बर–४ मात्तिममा अनार र वडा नम्बर–२ रतन्छामा नासपातीको नर्सरी लगाइएको छ । आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपंछी पालनलगायत फरकरफरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने अभियान थालिएको छ ।

हरेक वडामा कृषक समूह गठन गरेर अभियान शुरु गरिएको उक्त गाउँपालिकामा गत आर्थिक वर्षमा रु ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । पाँच वर्षभित्र सबै वडालाई एकरएक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष बजेट बढाउँदै लगिने जनाएको छ । रासस

कागती खेती:
कागती खेती गर्ने सरल तरीका : अनेकौ फाइदा जानिराखौ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments