नेपाल प्रवेश गरेको सलहको झुन्ड भारत नै फर्किन सक्छ ?


काठमाडौँ:
शनिबार र आइतबार गरेर सलहका ५ वटा झुन्ड भारतको राजस्थान-नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरे । भारतबाट उत्तरपश्चिमी हावा बहेपछि ठूलो झुन्डबाट टुक्रिएर सलह हावाको वेगसँगै नेपाल प्रवेश गरेको थियो ।

नेपालमा प्रवेश गरेको झुन्डबाट टुक्रिदै सलह फैलने क्रममा जारी छ । किट विज्ञहरुले ट्रेसिङको काम पनि अगाडी बढाइरहेका छन् । सलहका लागि नेपाल उपयुक्त बासस्थान नभएकाले यी सलह पुनः आफ्नो प्राकृतिक बासस्थानमा प्रवेश गर्ने सम्भावना धेरै रहेको विज्ञहरुले बताएका छन् ।

वरिष्ठ किट वैज्ञानिक समुद्रलाल जोशीले नेपाल प्रवेश गरेका सलह पुनः भारतमै फर्किने संभावना रहेको बताए । उनले सलहका लागि नेपाल उपयुक्त बासस्थान नभएकाले ‘यू-टर्न’ लिनसक्ने कान्तिपुरलाई बताए । जोशीले भने, ‘मरुभूमिको वातावरणमा मात्रै सलहले फुल पार्छ । नेपालमा यसले प्रजनन गर्ने वातावरण छैन ।’

उनले अपरिपक्‍व सलहले ‘यू-टर्न’ गर्न कोसिस गरेर पुरानै बासस्थानमा फर्कने जिकिर गरे । ‘नेपालमा आएको सलहको झुन्ड अपरिपक्‍व वयस्क हो कि वयस्क हो त्यो थाहा हुनुपर्‍यो,’ उनले भने, ‘वयस्क परिपक्‍वहरु त्यतिकै मरेर जान्छन् । अपरिपक्‍वको झुन्डले पुनः प्रजननका लागि बासस्थानमा फर्कने कोसिस गर्नेछन् ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments