कागले सलह खाँदा रमायो राजधानी, खुशी भए काठमाडौबासी

काठमाडौं ।

काठमाडौंबासी मंगलबार आकाशतिर हेरेर रमाए । किनकि ‘बाली र हरियालीलाई पूर्ण क्षति गछ’ भनिएको सलह किरालाई बथानका बथान कागले खाइरहेका थिए ।

सलह भगाउन थाल ठटाउने, आगो बालेर धुँवा निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाय अपनाएको पाइन्छ । तर काठमाडौमा त्यस्तो कुनै उपाय गर्नुपरेन ।

कागलगायत पन्छीको पर्यावरण सन्तुलनमा विशेष भूमिका हुन्छ नै । अझ हिन्दु समाजले कागलाई पूजा गर्छ । कागको सम्मानमा पर्व नै छ–काग तिहार ।

सलहको आगमनसँगै काठमाडौैबासीले आफ्नो संस्कृति र जीवन पद्धतिसँग जोडिएका कागको थप महत्व महसुस गर्न पाए ।

चराविज्ञ हेमसागर बराल कागजस्ता सबै खालका चराले पर्यावरणलाई नियमित रुपमा सेवा दिएको बताउँछन । बराल भन्छन–‘कागले सलह खाएको त एउटा उदाहरण मात्र हो । यस्ता धेरै चराले सलह खाए होलान । आहारमात्र पाएनन्, सलह नियन्त्रणमा पनि सहयोग भयो ।’ -नागरिक दैनिकबाट

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments