इलामको सूर्योदयमा पनि पुग्यो सलह


इलाम:
इलामको सूर्योदय नगरपालिकामा पनि सलह किराको झुन्ड देखिएको छ । नगरपालिकामा बिहीबार दिउँसो सलहको झुन्ड देखिएको हो । स्थानीयका अनुसार बिहीबार दिउँसो करीब ११ बजेको समयमा चिया र मकैको बोटमा सलहको झुन्ड देखिएको हो ।

केही समयअघि छिमेकी दार्जिलिङमा सलह देखिएको कारण रुङसुङ खोलाको किनारै किनार इलाम प्रवेश गरेको हुनसक्ने स्थानीयको आकलन रहेको छ । सूर्योदय नगरपालिकामा बुधबार सलहजस्तै देखिने किरा कर्मचारीले कार्टुनमा हालेर ल्याएको थियो। यसअघि इलामका किसानले फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका रहेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments