मकवानपुरगढीमा सिस्नु खेती शुरु

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा व्यावसायकिरुपमा सिस्नु खेती शुरु भएको छ । उक्त गाउँपालिकाको किसान समूहले सुकाउरामा बाँझो जमिनको झाडी फाँडेर सिस्नु खेती शुरु गरेको सो गाउँपालिकाकाले जनाएको छ । गाउँपालिका–७ का आधा दर्जन किसानले उक्त खेती गरेका हुन् । गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले करिब एक बिघा जमिनमा सिस्नुको गानो रोपिएको जानकारी दिनुभयो ।

सिस्नु खेती गर्न गाउँपालिकाले रु एक लाख चालु आर्थिक वर्षमा दिएको छ । किसानले सिस्नुको धूलो बिक्री गर्ने लक्ष्य राखेर पहिलोपटक यसको खेती गरेका हुन् । किसान मानबहादुर मोक्तानले किसान समूहसँग मिलेर सिस्नु पिस्ने मेसिन खरिद गरेको बताउँदै सिस्नुको धूलो बिक्रीमा गाउँपालिकाले सहयोग गर्ने जानकारी दिनुभयो । यसैबीच हेटौँडा–६ को चौघडार शान्तिचौकका पाँच युवाले व्यावसायकि तरकारी खेती गरेका छन ।

रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखमा तरकारी खेती सुरु गरिएको बताइएको छ । विषादीरहित तरकारीमा उपभोक्ताको चाहना र माग अत्यधिक रहेकोले मौसमी र बेमौसमी तरकारी खेतीसँगै नयाँ प्रजातिका माछा, कुखुरा र बाख्रा पालनसमेत सञ्चालन गरेको उक्त कम्पनीका अध्यक्ष भरत सापकोटाले जानकारी दिनुभयो । हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागार्इँले त्यस कम्पनीको स्थालगत निरीक्षण गर्दै युवा पुस्ता व्यावसायिक कृषि कार्यमा लाग्नु उदाहरणीय भएको बताउनुभयो । साथै उहाँले वडासमेतबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments