कञ्चनपुरमा सलहको झुन्ड, प्राविधिक र किसान सलह धपाउन खेतबारीमै पुगे
शीतल भट्ट
कञ्चनपुर :
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास नगरपालिका हुँदै सलहको झुण्ड कृष्णपुर र शुक्लाफाँटा, बेदकोट, भिमदत्त नगरपालिकाका केहि बस्तीमा पसेपछि किसानहरु चिन्तित भएका छन् । किसानसहित कृषि ज्ञानकेन्द्र कञ्चनपुरको टोली विगत दुई दिनदेखि बेदकोट, शुक्लाफाटा, कृष्णपुरमा सलह धपाई रहेको स्थानीयले बताएका छन् । भने यता, पुनर्वासमा किसान आफैंले खेतवारीमा भाडाकुडा बजाएर सलह धपाइरहेका छन् ।
यसैगरी बाली संरक्षण प्रयोगशालाका प्राविधिक पनि सलह धपाउन खेतबारीमा पुगेका छन् । किसान सहित सबैले धपाउन साथ दिएकाले अहिलेसम्म क्षति नदेखिएको उनले बताए ।
उता बेदकोटको सुन्दरपुर हुँदै सलहको झुण्ड भीमदत्त नगरपालिका २ को उल्टाखाम पनि पुगिि सकेको कृषि ज्ञानकेन्द्र महेन्द्रनगरले जनाएको छ। साथै सबै किसान दाजुभाइ दिदी बहिनीहरुलाई अनिकाल बाट बच्न र सचेत रहन अनुरोध गरिएको न्युज 24मा खबर छ ।