देशभर ९१ दशमलव ६८ प्रतिशत रोपाइँ सकियो

धान रोपाई

समयमै भएको वर्षाका कारण देशभर रोपाइँ सकिन लागेको छ । ६ साउनसम्म देशभर ९१ दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार यो वर्ष १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने अनुमान छ । त्यसमध्ये १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ सकिएको छ ।

प्रदेश २ मा सबैभन्दा धेरै ९६.७७ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, प्रदेश १ मा ८२ दशमलव ४१ प्रतिशत रोपाइँ सकिएको छ । उत्पादनका हिसाबले प्रदेश १ र २ सबैभन्दा उर्वर मानिन्छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments