मकैमा धान चमरा हटाउने(Detasseling)कार्य कतिबेला र किन गर्ने ??

एउटा मकैको धानचमरामा लगभग २ करोड ५० लाख जति परागकण (भाले)हुन्छ भने एउटा घोगामा जुङ्गा(पोथी)को संख्या ३००-५०० हुन्छ ।एउटा दाना बन्न एउटामात्र परागकणको आबश्यकता पर्छ।

परागकणले जुङ्गा फेला पार्न नसके सबै परागकण खेर जान्छ । अझ परागकण अत्याधिक प्रोटिनयुत्त हुने हुनाले खेर जाने प्रोटिन र पातमा उत्पादन भएको खानालाई संचय हुन सकेमा दाना पुष्ट हुने र दानाको आकारमा समेत वृद्धि हुन्छ । धान चमरा हटाउदा २५-३०%उत्पादन बढनुका साथै धान चमरासङ्गै एउटा पात हटाउदा थप १५%उत्पादन भएको एक अध्ययनले देखाएको छ । मकैमा ७५%धानचमरा हटाउदा लाभदायक भएको पाईएको छ । तर प्रतिकुल अबस्थामा भने ५०% धानचमरा हटाउन सके फाइदाजनक हुन्छ ।

धानचमरा हटाउने उत्तम समय
मकैको धानचमरा हटाउदा अलि बढी ध्यानदिनु आबश्यक छ । धानचमरा हटाउनु पर्ने उत्तम समय बाहेकको अघिपछी हटाउदा लाभदायक मानिदैन ।
बिशेषगरी मकैको धानचमरा पातबाट पुरै निस्केको तर परागकण नबनिसकेको अबस्थामा हटाउनुपर्छ ।दाना पुष्ट र खाना संचय गर्न टुप्पाको पात(Flag Leaf)को बढी भुमिका हुने हुनाले यसलाई हटाउनु हुदैन। उत्तम समय भन्दा अगाडि नै धानचमरा हटाउदा पात पनि हट्ने सम्भावना सक्छ , भने पछि हटाउदा परागकण बनिसकेर यसबाट हुने लाभ नहुन सक्छ ।

ध्यान दिनुपर्ने कुराहरु
१.धानचमरा हटाउने कार्य मकैको वर्णशङ्कर बीउ उत्पादन (Hybrid Seed Production)को लागि आबश्यक पर्दछ।
२.धानचमरा हटाउनुको मुख्य उध्येश्य मकैमा स्व परागसेचन हुनबाट बचाउनु र पर परागसेचनलाई प्रोत्साहन दिनु भएकोले व्यावसायिक खेतिपातिको
अबस्थामा त्यति आबश्यक पर्दैन तर Detasselling कार्य गरेमा बिरुवामा Aspergillus infection हुनबाट बचाउन सकिन्छ ।
३.धानचमरा बेबि कर्न उत्पादनको लागि उपयुत्त तथा आबश्यक पर्दछ ।जसले दानाको गुणस्तरमा ह्रास आउन दिदैन।
४.यो Hybridization Process को लागि गरिने Technical Practice भएकोले व्यावसायिक खेतिपातिको बेला यो आबश्यक पर्दैन ।

अन्त्यमा धानचमरा हटाउने (Detasseling)दाना पुष्ट बनाउने ,दानाको आकार बढाउने,दानाको रङ र चमक बढाउने,वर्णशङ्कर बीउ उत्पादन तथा समग्रतामा उत्पादन बढाउन गरिने कार्य हो ।

संकलक:-प्रदिप भारती (माया कलेज अफ एगृकल्चर एण्ड टेक्नोलोजी, देहरादुनमा स्नातक तह अध्ययनरत)

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments