इटाली र साइबेरियाको स्याउ गौमुल गाउँपालिकामा फल्यो

स्याउखेती

बाजुरा,बाजुराको गौमुल गाउँपालिकामा नयाँ जातको स्याउ फल्न थालेको छ । २०७५ साल चैतमा गौमुल गाउँपालिकाको कृषि विकास शाखाले एग्रोमनाङ्बाट फुजी, गाला र गोल्डेन जातको पाँच सय बोट ल्याएर गौमुल-१ को बिन्द्रा वन समूहकाे अन्द्रारीमा खेती सुरुवात गरिएको थियो ।

लगाएको एक वर्षमै स्याउ फल्न थालेपछि अहिले त्यहाँका स्थानीयमा निकै खुःसी छाएको छ । इटाली र साइबेरियामा उत्पादन हुने यो स्याउ लगाएको पहिलो वर्षमै एक बोटमा तीन केजी त्यसपछि क्रमशः ५,६ हुँदै ४५ केजी फल्ने कृषि विज्ञको भनाइ छ ।

बाजुरामा पनि लगाएको वर्षमा तीन केजी र अहिले एक बोटमा झण्डै पाँच केजीभन्दा बढी स्याउ फलेको गौमुल गाउँपालिकाको कृषि विकास शाखा प्रमुख रमेशराज विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ जातको स्याउ राम्रो फलेपछि यसकाे खेती गर्दा गौमुलका स्थानीयको आयआर्जनमा निकै टेवा पुग्ने देखिएको छ ।’

‘बुढीनन्दा नगरपालिकामा फल्ने स्याउ साउनबाट फल्न सुरु गरेर असाेज-कात्तिकसम्म मात्र रहन्छ भने यो स्याउ साउनबाट फल्न सुरु गरेर मङ्सिर, पुसको अन्तिमसम्म रहन्छ ।’ शाखा प्रमुख विकले बताउनुभयो ।शेरबहादुर सार्की गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments