कृषिमा प्लास्टिक मल्चको प्रयोग

धेरै बर्ष देखि विभिन्न नया किसिमको तरिकाहरु कृषिमा प्रयोग भइरहेको छ। देशको विभिन्न क्षेत्रमा विषम जलवायु, जल स्रोतको कमि तथा विभिन्न प्राकृतिक आपत जस्तैः पाला आदिको बावजूद खेतीको महत्त्व बढीरहेको छ। किसान पछिल्लो केहि बर्ष देखि चिस्यानको संरक्षणको लागि विभिन्न उपाय जस्तैः सुकेका पात , पराल आदिको प्रयोगमा लागि रहेका छन । यस्को लागि सबैभन्दा राम्रो तरीका प्लास्टिक मल्च गर्नु हो ।

प्लास्टिक मल्च भनेको संयुक्त रूपमा बिरुवाको आस-पासको सतहलाई ढाक्ने प्रक्रिया हो जसबाट बिरुवा वा उस्को जराको तापक्रमको बढने घटने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

वर्तमान समयमा कार्बनिक मल्चींगको बढी मात्रामा सजिलोसँग नहुने कारणले तथा बढी लागतको कारणले प्लास्टिक मल्चींग एउटा रामो विकल्प हो । यो सजिलोसँग उपलब्ध हुन्छ र एउटा ठाँउ बाट अर्को ठाँउमा लान सजिलो हुने र बिछाउन पनि सजिलो हुने हुन्छ ।

प्लास्टिक मल्चींगको फाइदाहरु

– बिरुवा को चिस्यान तथा तापक्रम नियंत्रणमा सहायक

– झार हरुको वृद्धिमा अवरोध

– हावा वा पानीबाट माटोको कटाई कम गर्द्छ

– बिरुवाको वृद्धिको लागि अनुकुल बाताबरण प्रदान गर्द्छ

– उत्पादनमा वृद्धि

प्लास्टिक मल्चींग

प्लास्टिक जब मल्चींगको रूपमा प्रयोग गरिन्छ त्स्लाई प्लास्टिक मल्चींग भनिन्छ । यो सस्तो, सजिलोसँग उपलब्ध हुने र सबै मोटाई अनि रङ्गमा उपलब्ध हुन्छ ।

प्लास्टिक मल्चींगको प्रकार

प्लास्टिक विभिन्न रङ्ग जस्तै कालो , पारदर्शी, पहेलो/कालो , सेतो/ कालो , कालो/ रातो प्लास्टिकको रुपमा उपलब्ध हुन्छ । सामान्यत: कालो या सेतो कालो रङ्गको प्लास्टिक मल्चींग मुख्यत: प्रयोग गरिन्छ ।

प्लास्टिक मल्चींगको छनोट

येस्को छनोट खेतीको आवश्यकता को अनुसार नै गरिन्छ जस्तै झारपात नियन्त्रण, तापक्रमलाई बढी कम गर्ने एवं रोग नियन्त्रण इत्यादि। सामान्यत: 90 – 120 सेमी चौड़ा प्लास्टिकको प्रयोग गर्नु पर्दछ जसकारण कृषि कार्य सजिलोसँग सम्पन्न हुन सकोस ।

प्लास्टिकको मोटाइ

यो सामान्यत: खेतीको प्रकार एवं उसको समयको अनुसार छनोट गर्नु पर्दछ । विभिन्न खेतीको लागि प्लास्टिकको मोटाइ निम्न प्रकार हुनु पर्द्छ

मोटाई 7 माइक्रोन मुंगफली , 20-25 माइक्रोन वार्षिक अवधि को खेती , 40-45 माइक्रोन द्विवार्षिक मध्यम अवधि खेती , 50-100 बहुवार्षिक लामो अवधि खेती

प्लास्टिक बिछाउने तरिका

प्लास्टिकलाई बिरुवा लगाउनु भन्दा अगाडी नै प्रयोग गरिन्छ । खेतमा क्यारी बनाउनेको साथै प्लास्टिकको बिछायर किनाराबाट दबाईन्छ । येस्को लागि कामदार लगायेर गर्दा समय वा धन दुबै को नोक्सान हुन्छ । अत: वर्तमान समयमा ट्रेक्टर द्वारा प्लास्टिक बिछ्याउने मेसिन पनि उपलब्ध छ ।

प्लास्टिक बिछ्याउने समयमा निम्न कुराको ध्यान दिनु पर्द्छ

– मल्चींग सब्जीको खेती जस्तै टमाटर, गोबि आदिको लागि प्रयोग गारिन्छ ।

– प्लास्टिकमा प्वाल ठुलो पाएप हतौदा तथा पंचको माध्यमबाट बनाइन्छ

– खेतीको लागि चाहिने मल खादहरु प्लास्टिक भुइँमा बिछ्याउने भन्दा पहिलै मिलाउन एकदम उपयुक्त हुन्छ

– बीउ वा बिरुवा प्लास्टिकको प्वालको सिधा लगाउनु पर्दछ

सिंचाई व्यवस्था

प्लास्टिक मल्चींग प्रयोग गरिएको खेतीमा ड्रिप सिंचाई विधि उपयुक्त हुन्छ । यो विधिमा लेटरललाई प्लास्टिकको मुनि राखिन्छ जसबाट सिचाई राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवाको चिस्यानको नियंत्रण हुन्छ । अथवा लेटरल एवं ड्रिपरलाई प्लास्टिकको माथि राखेर पातलो पाएपको माध्यमबाट वा प्लास्टिकमा छिद्र बनायर पानीको प्रवाह सुनिश्चित गरिन्छ ।

प्लास्टिक हटाउने एवं पुन प्रयोग

प्लास्टिकलाई खेतीको कटाईको पछि खेतबाट हटायर सहि तरिका सग पुनः प्रयोगको लागि राख्नु पर्द्छ , यदि यो प्रक्रिया गरियेन भने खेतमा प्लास्टिक प्रदूषणको समस्या हुन सक्द्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments