औषधिय र धार्मिक गुणले महत्त्वपूर्ण मानिने तुलसी रोप्नुको वैज्ञानिक कारणहरु :

खासमा ’तुलसी’को शाब्दिक अर्थ भनेको ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोग गर्नु नै हो ।

शास्त्रहरूको मत छ, जीव र जगत्का रक्षक नारायण छन्, उनलाई विष्णुको रूपमा पनि लिइन्छ ।ब्रमाण्डको सृष्टि रचना गर्दा उनी ब्रहृमाको रूपमा स्थापित हुन्छन् भने जगतको सञ्चालनमा उनको स्वरूप विष्णुको हुन्छ । वृन्दाको श्रापका कारण उनै विष्णुले वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने तर्क पनि रहेको छ । तुलसी वृक्षकै रूपमा घरघरमा विष्णु स्थापित हुने र आषाढशुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिने र कार्तिक शुक्लमा तुलसीको बिहे उनै हरिसँग गराइसकेपछि स्वधाम गमनतर्फ जाने शास्त्रीय मत रहेको छ। सुतलमा भक्त वलिको रक्षार्थ हरिशयन गर्ने क्रममा पनि यसलाई जोडिएको पाइन्छ ।

युगौ युगदेखि तुलसीको महत्व कायमै छ । सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गरे । द्वापर युगमा तुलसी सत्यभामाकी जीवन सङ्गनि नै बनिन् । कृष्णप्रियासमेत भई गोकुल लोकमा राधिकाको नामले तुलसीलाई पुकारियो । वृन्दावन पूरै तुलसीको वनले ढाकिएको क्षेत्र हो । तुलसी वनलाई नै वृन्दावन भनिन्छ । वृन्दावन पुग्दा मन हर्षित र आनन्दित हुने कारण तुलसीको वास्ना नै हो । मन हर्षित र प्रफुल्लित भएपछि नै जीवन धन्य बन्छ र जीवनोपयोगी र सामाजिक मर्यादाअनुकूलको काम सम्पन्न हुनपुग्छ । सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments