कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बिमाको सेवा पाउने

रुकुमपश्चिम : रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बिमाको सेवा पाउने भएका छन्। गत आर्थिक २०७६/०७७ देखि सुरु भएको निःशुल्क बिमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ।

पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न संघीय सरकारले बिमाको व्यवस्था गरेको छ। बिमाबापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था छ। मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ। संघीय र स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन्।

कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको नगर प्रमुख देवीलाल गौतमले जानकारी दिए। -अन्नपुर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?