कृषि उपज बिक्री केन्द्र बन्दै

खोटाङ :

हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण सुरु गरेको छ । नगरपालिकाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफूल संकलन गरी बिक्री गर्ने व्यवस्थाका लागि अर्खौलेमा संकलन केन्द्र निर्माण सुरु गरिएको हो ।

नगरपालिकाका मेयर इवन राईले नगरपालिकाकै ११ वटा वडामा कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वातावरण बनाइने, त्यस क्रममा वडाबाट बिक्री नभएका थोक वस्तु नगरपालिकाले खरिद गरेर संकलन केन्द्रमा पु-याउने बताए ।

कृषि उपज उत्पादन हुने तर बिक्री नहुने समस्या हल गर्न नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को बजेटबाट कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरेको जनाएको छ । हालसम्म संकलन केन्द्रको ७५ प्रतिशत काम पूरा भएको मेयर राईले बताए ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments