कृषकमारा हाम्रो सरकार : किसानलाई सधै मलको हाहाकार

प्रत्येक बर्ष किसानलाई मलको अभाब भन्ने समाचार सायद त्यति नौलो त नहोला तर सधैको भ्रष्टचार र कालोेबजारिमा लिप्त हाम्रो सरकार कृषकले खरिद गर्ने मलमा पनि भ्रष्टचार भएको सुन्दा सारै नै दु.ख लाग्दो हुदो रहेछ ।

यति बेला बिश्वमा नै कोरोना भाइरसको संक्रमणले अर्थतन्त्र डाउन भएको अबस्थामा नेपाल पनि अछुतो त छैन । नेपालमा कोरोनाको त्यति भयाबह स्थिति नभए पनि त्यस्तो अबस्था नआओस भनेर सरकारले बिगत महिनौ देखि नै लकडाउन गरेको छ ।

खेति लाउने बेला देखि खेति भित्रयाउने बेला सम्म पनि किसानले आफुले चाहेको मात्रामा मल पर्याप्त कहिल्यै पाउदैनन्। प्रत्येक बर्ष मलको अभाब खेप्नु नेपालमा एउटा परम्परा जस्तै भैसकेको छ । यस बर्ष पनि पहाड र तराईमा खेतिको सिजन सुरु भएदेखि मलको अभाब भने काएमै छ । सरकारी कम्पनिहरुसंग किसानलाई पुग्ने मल मौजदात छैन । लकडाउनले एकातर्फ भण्डारणमा भएको केहि प्रतिशत मल किसानसम्म पुग्न सकेको छैन भने खरिद सम्झौता भएका मल पनि भारतको बन्दरगाह मै अलपत्र परेका छन । यति बेला किसानलाई यूरिया मल तत्काल चाहिएको छ तर देशभर आपूर्ति को समस्या छ, सरकारी वा डिपोमा जाँदा सहज तरिकाले मल पाइने अबस्था छैन ।

केहि समय अगाडि १६ देखि २० रुपैया प्रति के.जि पाइने मल अहिले ३० देखि ४० रुपैया हाल्न बाध्य छन किसानहरु तर अहिले त्यहि पाउन पनि हम्मे हम्मे छ । सरकारि निकाएको समयमा नै बेवास्ता र बढ्दो कालोबजारिका कारण किसानहरुले धेरै समस्या भोग्नु परिरहेको छ । सम्पुर्ण किसानको खेतमा यतिबेला धानका लागि मलको निकै खाचो छ तर मलको अवाभका कारण आफनो यस बर्षको खेति आफुले सोचेजस्तो नहुने र जिबिको पार्जनमा समस्या हुने प्रति यो बेला निकै चिन्तित छन किसान। लकडाउनका कारण किसानको गास ,बासमा समस्या त छदै छ त्यसमाथि पनि समस्या आफनो बालिनालिका लागि चाहिने मल नपाउदा अब के खाने , के गर्ने भन्ने बिषय प्रति किसान निकै चिन्तित छन् ।

पहुचवालाहरु र धन भएकाहरुले त मल पाउलान तर बिहान , बेलुकिको खानाको लागि परिश्रम गर्ने किसानहरुका लागि भने अहिले लकडाउनका कारण कतै रोजगारको अबस्था पनि छैेन झन त्यसमाथि मल बढि पैसा तिरेपछि मात्र पाइने हुँदा निकै मार परिरहेको छ ।केहि दिन देखि मलमाथिको भ्रष्टचार , मलको हाहाकार, मलको लागि किसानहरुको लाइन जस्ता खबरहरु हामिले देख्दै र सुन्दै आइरहेका छौ ।

मलको अभाव हुन नदिन के गर्ने ?
सरकारले कृषि का लागि चाहिने मल खेति सुरु हुनु अघि नै यसको ब्यबस्था गरि आफैले मुल्य निर्धारण गरि कुनै निजि कम्पनिलाई जिम्मा दिएर बिक्रि बितरण गर्ने हो भने यसको अभाव नहुने देखिन्छ । अनुदान प्रणालिमा राजनितिक तरिका हाबि हुने हुदा बिचौलिया बढ्ने सम्भावना बढि हुन्छ । जैबिक तथा प्राङ्गगारिक मलले यसको अभावलाइ केहि हदसम्म पूर्ति गर्ने भएपनि ब्यबसायिक खेतिको लागि भने रसायनिक मल आवश्यक परेको पाइन्छ । स्वदेशमै मल उत्पादन गर्न सके यसको अभावलाई कम गर्न त सकिन्छ तर मल उत्पादन कम्पनि खोल्नका लागि पर्याप्त मात्रामा ग्यास र कोइलाको आबस्यकता पर्छ । त्यसलाई भारतबाट ल्याउनुपर्छ , जुन एकदमै महंगो पर्न जान्छ ।

अन्तमा ए, सरकार पहिले तिमि र तिम्रा परिवारका पेट भरिदिने किसानका लागि सोचिदेउ अनि मात्र आफ्ना लागि सोच।
लेखक : प्रकाश गिरि (कृषि प्रशिक्षक,जनता.मा.बि(प्राबिधिक शिक्षालय),मकवानपुर)

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments