कौसीखेतीको लागि गड्यौला मल बनाउने तरिका

शहरी क्षेत्रमाबसोबास गर्नेहरुको लागि दैनिक भान्सामा आवश्यक पर्ने खानेकुराहरु किन्दा सबैभन्दा बढी खर्च तरकारीमा हुने गरेको पाइन्छ । बजारबाट किनिने तरकारीहरु महङ्गो पर्नुका साथै विषादीयुक्त पनि हुने हुँदा शहर बासीहरु बिस्तारै आफुलाई आवश्यक तरकारी आँफै उत्पादन गर्नका लागि कौसीखेतीतर्फ आकर्षितहुँदै गइरहेका छन् र कोरोनाको प्रकोपसँगै त्यसप्रतिचासो र आकर्षण झन् बढ्दै गएको पाइन्छ ।

कौसीखेती गर्दा समयको सदुपयोग हुनुका साथैताजा र स्वस्थ्य तरकारी उपलब्ध हुन्छ । आफैले फलाएको तरकारी उपभोग गर्दा पाईने आत्मसन्तुष्टी त छँदैछ । आफुलाई चाहिने मलखादको व्यवस्थापनगर्नु कौसीखेतीको लागि एक महत्वपूर्ण चुनौती हो र त्यसको एउटा राम्रो उपायभनेको गड्यौला मल उत्पादन गर्नु हो ।

शहरी क्षेत्रकाबासिन्दाले घरमा नै सामान्यतरिकाबाट गड्यौला मल कसरी बनाउन सक्दछन्, त्यसबारे यहाँ केही लेख्ने प्रयास गरिएको छ।

गड्यौलाले जैविक फोहोर खाएर पचाएपछि त्यसले बिष्टाएको पदार्थ नै गड्यौलामल (भर्मिकम्पोष्ट) हो । गड्यौलाहरु माटोको माथिल्लो सतहमा बस्दछन् ।यिनिहरुले ९० प्रतिशत जैविकपदार्थ रु १० प्रतिशत माटो खान्छन् । गड्यौलाहरु बिभिन्न प्रजातिका हुन्छन् । त्यस मध्य आइसेनियाफोइटिडाको प्रजातीलाई गड्यौलामल बनाउनको निम्ती बढि मात्रामा प्रयोग गरिन्छ । यिनीहरु ब्रोइलर कुखुरा जस्तै खन्चुवा प्रकृतिका हुन्छन्।यिनीहरुले दैनिक ८ ग्रामसम्म जैविकफोहोर र माटो खान्छन् र त्यसमध्ये ६ ग्राम दिसामलको रुपमा बिस्ट्याउने गर्दछ ।

गड्यौलामल बनाउने तरिका

क. भाँडा वा ड्रमको छनोट

गड्यौलामल ड्रम,महानगरपालिकाहरुले प्रयोगमाल्याएको कम्पोष्ट बिनहरु,बाकसवात्यस्तै भाँडाहरुमा बनाउन सकिन्छ।ती भाँडाबाट प्रकाश छिर्नुहुदैन भने बाहिर पट्टि पर्याप्त मात्रामा हावा छिर्ने प्वालहरु(आधाइन्चको)बनाउनु पर्दछ । सामान्यतया ७०–७५ लिटर क्षमताका भाडाहरु गड्यौलामल बनाउनको लागिउपयुक्त हुन्छन् । भाँडालाई भूइँमा राख्नुहुदैन । सर्वप्रथम जमिनमा प्लाष्टिक ओछ्याएर त्यस माथि इट्टाका ब्लक वा काठका फलेकहरु राखेपछि मात्र त्यस माथि भाँडा राख्नु पर्दछ । भाँडा भित्रपिँधमादुई वटा इट्टा राखेर त्यसमाथि स–साना रड वा चाँडै नकुहिने खालका काठका लठ्ठी राखेर टाड बनाउने । महानगरहरुले प्रयोगमा ल्याएका कम्पोष्ट बिनहरुमा पहिलेनै यस्तो संरचना बनाएका हुन्छन् ।

यदिड्रमवाकम्पोष्ट बिन छैन भने हामीले चौडाइ करिब १ फिट, आबस्यकता अनुसारको लम्बाई र करिब १ फिट जति उचाइ भएको कुनै टेको प्रयोग गर्न सकिन्छ । यसका अलावा घरको पेटी वा कुनै भूइँको सतहमा कम्पोष्ट बनाउन सक्दछौँ ।

ख. ठाँउको छनोट

गड्यौलालाई साधारणतया २०–३० डि.से. तापक्रम, ५० प्रतिशत चिस्यान र ५०–८० प्रतिशत सापेक्षिक आद्रता आवश्यक पर्दछ । तसर्थ आफ्नो ठाँउको हावापानी अनुसार गड्यौलामल बनाउने ठाँउको छनौट गनुपर्दछ । गर्मी वा जाडो महिनाअनुसार त्यसको ठाँउ परिवर्तन गर्नुपर्दछ र सामान्यतयाःगर्मी महिनामा भाडालाई छाँयामा राख्नुपर्दछ भने जाडो महिनामा गड्यौलाहरुलाई चिसोबाट बचाउन भाडालाई कुनै न्यानो चिजले छाप्ने व्यवस्थागनुपर्दछ । तर त्यसोगर्दा हावाको प्रवाहभने रोकिनु हुँदैन । गड्यौलामलबन्ने प्रक्रियामाकुनै नराम्रो गन्धनआउने हँुदाकतिपयले यसलाई भान्साको कुनै एक कुनामापनि राख्ने गरेको पाइन्छ ।यसलाई ओभन, हिटर, एयर कन्डिशनर वा भेन्टको नजिक राख्नु हँुदैन ।

ग.बासस्थान तयार गर्ने

वेडिङको लागि भाँडाको पिँधमाअलि ढिलो कुहिने र चिस्यान सोस्न सक्नेमकैको खोस्टा वापरालको टुक्रा, काठको धुलो आदि राख्नुपर्दछ । यी चिज नभएको खण्डमा हामीसँंगभएको अखवार, कार्डबोर्डवा अण्डाको क्रेट (कागजको) लाई साना टुक्रा बनाएर पनि राख्न सकिन्छ । बेडिङ्ग लगभग १ इन्च उचाईको हुनु पर्दछ । बेडिङ्ग राखिसकेपछि त्यसलाई राम्ररी पानीले भिजाउनु पर्दछ ।त्यसमाथि माटोको पातलो तह राखिदिँदा राम्रो हुन्छ ।

घ. जैविकफोहरको तयारी

हामीले भान्साबाट जम्मा भएका फोहरहरु, तरकारीको बोटका उपभोग नभएका भागहरु वा झारपातहरुलाई काटेर टुक्रा पारेर त्यसमा पुरानो मललाई जोडनहुने गरेर राम्ररी मिसाइदिने र कुनै गमला,भाँडावाझोलामाकरिब १५ दिन सम्म राख्ने, यसो गर्दा फोहरहरु आधाआधी गल्दछन् र गड्यौलाले त्यसलाई खान सजिलो हुन्छ । मासुजन्य, दुधजन्य, मसलाजन्यपदार्थहरु, अमिलाफलफुलभने प्रयोगगर्नुहुँदैन ।

ङ. कम्पोष्टबनाउने र संकलनगर्ने

अब गलेका फोहरलाई बेडिङ्गमाथि राखिदिने । त्यसरी फोहर (गड्यौलाको खाना) भाडामा राख्दाखाँद्नु हुँदैन ।खाँदियो भने हावाको संचार कमभई गड्यौलालाई असर पुग्दछ । बरु फोहर राखिसकेपछि त्यसमाकुनै लठ्ठीले स–सानाप्वालहरु बनाइदिँदा राम्रो हुन्छ ।अब त्यस माथि गड्यौला छाडिदिँने । हाम्रो भान्साबाट दैनिक करिब २२५ ग्राम फोहोर निस्कन्छ भने करिब १००० गड्यौला छाड्नु पर्दछ । अब त्यस माथि गलेका फोहरहरु थप्दैजानुपर्दछ । फोहर राख्दा त्यसमा चिस्यान दैनिक रुपमा जाच्नुपर्दछ र आवश्यकता अनुसार पानी थप्नुपर्दछ । हातमाफोहर राखेर हल्का मिच्दा पानी चुहिनुहुदैन तर हातमापानीको ओस देखिने अवस्थाको हुनुपर्दछ ।भाडामा मलबनाउदा गड्यौलाहरुले शुरुमा पिधपट्टिको फोहोर खान्छन् । त्यसपछि तिनीहरु खानाको लागिबिस्तारै माथि सर्दे जान्छन् । अब त्यसका चियाकादाना आकारका बिस्टा वाकाष्ट वा गड्यौलामल टाडबाट तलझर्न थाल्छ, र माथिका फोहरहरु भाडाको तल पट्टि झर्नथालेसँगै हामीले फोहरहरु थप्दै जानुपर्छ ।भाडाको पिधमा जम्मा भएको कम्पोष्टलाई बाहिर निकालेर बोरामा वा कुनै झोलामा राखेर घाम, पानीबाट जोगिने ठाँउमा राख्नु पर्दछ ।

लामो ट्रेमा वा भुइमा मलबनाउदा त्यसको छेउमा करिब १०–१५ सेमीउचाइ सम्मको हुने गरि लाइनमा गलेको फोहर राखेर त्यसमा गड्यौला छाड्नु पर्दछ । पछि फोहर थप्दापहिलेको फोहर माथी नराखी त्यसको समानान्तर हुने गरि छेउमाक्रमशः राख्दै जानुपर्दछ । त्यसो गर्दा जब गड्यौलाले पहिले राखेको फोहर खाइसक्छन्, त्यो खानेकुरा खोज्दै ठाँउ सर्दे जान्छन् ।

च. गड्यौलामलको महत्व

साधारण कम्पोष्ट मलको तुलनामा गड्यौलामलमा बिरुवालाई चाहिने खाद्यतत्वहरुको मात्रा बढी हुन्छ (तालिका हेनुहोस) । साथै यि खाद्यतत्वहरु बिरुवाले सहजै लिन सक्छन् । यसमाभएको बृद्धिबर्धक हर्मोन, एन्टीबायोटिक र इन्जाएमहरु तथा हुमिक एसिडलेबिरुवाकावृद्धि र विकासमा सहयोग गर्दछ । यसमाभएका सूक्ष्मजीवाणुहरुले बिरुवालाई रोग लाग्नबाट बचाउँछ।त्यसै गरी यसमाहुने चाइटिनेज इन्जाइमले बिभिन्नशत्रु किराहरुलाई भगाइदिन्छ ।गड्यौलामलमा चिस्यानर्निधारण गर्ने क्षमतापनिअधिक हुन्छ ।गड्यौला प्रयोग गरेर मलबनाउदा मल चाढै तयार हुन्छ । कृषिजन्य र घरेलु फाहोरबाट यो मलबन्ने हुँदा यसले वातावरण स्वच्छ राख्नपनि मद्धत पु¥याउछ।

गड्यौलामल तथा साधारण कम्पोष्ट मलमाहुने खाद्यतत्व र अन्य रासायनिक गुणको मात्रा

छ. गड्यौलामलको प्रयोग

गमलामा वा ट्रेमा तरकारी उत्पादन गर्न बेर्ना सार्ने बेलामा प्रतिबोट ४०० देखि ५०० ग्रामको दरले र बेर्ना सारेको ४५ दिन पछि त्यति नै मात्रामल टपड्रेस गर्नु उपयुक्त हुन्छ ।गड्यौला मल प्रत्येक घरमा तयार हुदाघरबाट उत्पादनहुने जैविकफोहोरको व्यवस्थापनहुनुका साथै घरमा नै ताजा तरकारी पूर्ति भई घरका सदस्यहरु स्वास्थमाप्रर्बद्धन हुनुका साथसाथै भान्सामाहुने खर्चमाकमि आउदछ । स्वस्थ र ताजा तरकारीको उत्पादन तथा वातावरणलाई मध्यनजर गरि कौसीखेतीलाई प्रर्बद्धन गर्न कतिपय स्थानीयनिकायहरुले अनुदानको व्यवस्थापनि गरेको छ ।गड्यौलामल उत्पादन र त्यसको प्रयोगलाई कौसी खेतीको अभिन्नअङ्ग बनाउनु अहिलेको आवश्यकता हो । त्यसको लागि टोल वा समुदायको सचेतना र क्षमताअभिबृद्धि गर्न जरुरी छ ।

लेखक : आकृति अधिकारी & रामकुमार श्रेष्ठ (अधिकारी कृषि स्नातकको बिद्यार्थी हुन् र श्रेष्ठ लमजुङ्ग क्याम्पसमा माटो विज्ञान विषयको उप–प्राध्यापक हुनुहुन्छ। )
सम्पर्कः ram@iaas.edu.np, akritiadhikari80@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments