४ सय ५० वटा कालिज पालिएको फार्मभित्र चितुवा पस्यो

कालिज फर्ममा चितुवा पस्दा

म्याग्दी, बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा चितुवा पसेको छ । हरियाली ग्रुप प्रालिद्वारा सञ्चालित कालिज फार्ममा फलामे बार र नाइलन जालीबाटै चितुवा भित्र पसेको हो ।

चितुवा फार्मभित्रै बसिरहेकाले कति कालिज माऱ्यो भन्ने यकिन नभएको फार्म सञ्चालकले बताएका छन् ।फर्ममा चार सय ५० वटा कालिज पालिएको थियो। साथै चितुवा भित्रै रहेकाले वरपरका स्थानीय पनि त्रसित बनेका छन् ।

शुक्रबार बिहान फार्मका कर्मचारी चारो हाल्न भित्र जाँदा चितुवा देखेपछि भागेका थिए । दुई वटा कालिज फार्ममध्ये चल्ला भएको भागमा चितुवा पसेको हरियाली ग्रुपले जनाएको छ ।

भित्र रहेको चितुवा बाहिर निक्लन पटक–पटक तारमा ठोक्किने र चिथोर्ने प्रयास गर्दा घाइते नै भएको छ । तर बाहिर निक्लन सकेको छैन ।

‘कालिज फार्ममा पसेको चितुवालाई खोरमा थु्न्न सक्ने अवस्था छैन । बेहोस बनाउने डार्क गन जिल्लामा छैन, मान्छेलाई आक्रमण नगरी गोली हान्न पनि मिलेन । उपायको खोजीमै छौं,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘चितवन नेसनल पार्कबाट डार्क गनसहित प्राविधिक ल्याई बेहोस बनाई बाहिर ल्याउन पनि कोरोनाले गर्दा अप्ठेरो भएको छ । दिनभर पर्खेर राति फार्ममा प्रवेश गर्ने मूल गेट खुल्ला राख्ने र सुरक्षित बाहिर निक्लने वातावरण बनाउने योजनामा छलफल चल्दैछ ।’

मीनबहादुर श्रेष्ठको अगुवाइमा स्थानीय कृषक र व्यवसायी मिलेर बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले करिब १० करोड लगानीमा व्यावसायिक तरकारी खेती, कालिज, कुखुरा, माछा, माहुरी पालन फार्म स्थापना गरेको हो ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments