प्रदेश न ५ कै पहिलो जडीबुटी उद्यान : गुल्मीमा

गुल्मी, इस्मा गाउँपालिका ५ अन्तर्गत इस्मा रजस्थलको राधाकृष्ण टोलमा जडीबुटी उद्यान निर्माण गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत वन निर्देशनालय डिभिजन वन कार्यालयको एक करोड लागतमा जडीबुटी उद्यान निर्माण गरिएको हो ।

यो प्रदेश नम्बर ५ कै पहिलो जडीबुटी उद्यान पहिलो हो । मध्य पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले उद्यान सञ्चालनमा ल्याएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभएको छ ।

स्थानीय देसाल पूज्ने सार्कीपाटा सामुदायिक वनको दुई सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा अहिले अगरउड, रुद्राक्ष, श्रीखण्ड, एभोकाडो, टिमुरलगायतका २८ प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मदन ढुङ्गानाले जानकारी दिनुभयो । खाली जग्गाको सदुपयोग गरेर बहुमूल्य जडीबुटीको व्यवसायको लागि यो उद्यान कोशेढुङ्गा बन्ने अपेक्षा गरिएको ढुङ्गानाले बताउनुभयो ।

उद्यान निर्माणसँगै आजभोलि थुप्रै बहुमूल्य प्रजातिका बिरुवा उत्पादन गरेर गाउँ–गाउँमा अनुदानमा वितरण गरिएको इस्मा धुर्कोट सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राम भलामले बताउनुभयो । इस्मा जडीबुटी उद्यानलाई जडीबुटीको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने देसाल पूज्ने सार्कीपाटा सामुदायिक वनका अध्यक्ष खडानन्द भण्डारीले बताउनुभयो ।

उद्यानको लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले एक करोड र आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख रुपैयाँ बटेज विनियोजन गरेकोमा अहिले कुनै पनि रकम निकासा नगरेको उद्यानले जनाएको छ । बहुमूल्य प्रजातिका जडीबुटीको उत्पादनको विकासको लागि प्रदेश सरकारसँग छलफल गर्ने इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?