भारतले प्याज निर्यात रोक्यो, नेपालमा कालोबजारी शुरु

काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गरेर पाउडरबाहेक ताजा प्याज निर्यात गर्न रोक लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन। सरकारको यो निर्णय तत्काल लागू भएको बीबीसी हिन्दीले जनाएको छ।

सरकारले घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्न यस्तो कदम उठाएको हो। अहिले दिल्लीमा प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ। गएको डिसेम्बेरमा प्याजको मूल्य प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको थियो।

यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो । यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् ।

अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’ भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो । प्याजमा कालो बजारी शुरु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?