बंगलादेशबाट मल ल्याउने मन्त्रिपरिषद्काे निर्णय

रासायनिक मल

काठमाडौं :बंगलादेशले नेपाललाई युरिया मल दिन तयार भएपछि सरकारले त्यो ल्याउन प्रकृया शुरु गरेको छ । मन्त्रीपरिषद्को विहीबार बसेको बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषालले बताउनुभयो ।

नेपालमा युरिया मलको अभाव भएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचाे माग गरेको थियो । सरकारल माग गरे अनुसार बंगलादेशले सो मल दिन तयार भएपछि हिजो (विहीबार) सरकारले सो निर्णय गरेको हो । सरकारले निर्णय गरेसँगै आजदेखि टेण्डर आह्वान गरेर मल ल्याउने प्रकृयामा जाने मन्त्रालयले जनाएको छ । बंगलादेशले दिएको ५० हजार टन मल नेपालले आठ महिनाभित्र फिर्ता गर्नुपर्छ मन्त्रीपरिषद्को निर्णय आइसकेपछि मल ढुवानीका लागि सातको दिनको म्याद दिइ बोलपत्र आह्वान गरिनेछ ।

कृषि सामाग्री कम्पनी लिमिटेडसँग २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रा.लि ललितपुर र होनिको मल्टिपल प्रा.लि ले समयमा मल आपूर्ती नगरेको कारण मलको हाहकार छ । त्यो हाहाकारका लागि कम गर्न सरकारले बंगलादेशबाट मल माग गरेको थियो । तर त्यो मल धानका लागि काम नलाग्ने भएको छ । यो युरिया मल गहुँ तथा तरकारी बालीका लागि प्रयोग हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?