बाजुरामा ४० स्याउको मूल्य धनगढी आइपुग्दा ११० रुपैयाँ

स्याउ

धनगढी। मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत बाजुरामा उत्पादित स्याउ यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी बजारमा आइपुगेको छ ।

यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाईन थालेको हो ।

हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो यो स्याउले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको हो ।

स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढी सम्म हवाई जहाज मार्फत ल्याइएको छ ।

सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ ।

‘स्याउ कृषक समन्वय समितिका अध्यक्ष मानबहादुर रोकायाले बाजुरामा ४० रुपैयाँमा खरिद गरेको स्याउ धनगढी सम्म आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिमलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताउनुभयो ।

‘जसले एक पटक खायो, उसले स्वाद थाहा पायो’ भन्ने नाराका साथ बाजुराका विभिन्न गाउँमा फलेको स्याउ अहिले धनगढी बजारमा बिक्री भइरहेको छ ।

गत वर्ष पनि बाजुराको स्याउ बिक्रीका लागी धनगढी काठमाडौं लागयतका ठाउँमा पुर्‍याइएको थियो ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments