खरिदकर्ता नआउने हुदा रुद्राक्षको करोडौँको लगानी डुब्ने चिन्ता

ध्यान कुलुङ

सङ्खुवासभा ।अरुण उपत्यका क्षेत्रको मुख्य आम्दानीको स्रोत रुद्राक्षको कारोबारमा समस्या आउने देखिएको छ । बन्दाबन्दीका कारण खरिदकर्ता आउन नपाएपछि यस वर्षको रुद्राक्ष व्यापार नहुने देखिएको हो ।

चिनियाँ र भारतीय खरिदकर्ता यस वर्ष आउने सम्भावना नरहेको रुद्राक्ष व्यवसायीले बताउँदै आएका छन् । विदेशी खरिदकर्ता आउने सम्भावना कम हुँदा करोडौँको लगानी डुब्ने सम्भावना बढेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विशुङ्खेले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष असार अन्तिमदेखि नै चिनियाँ व्यापारी जिल्ला आइसकेका थिए । यस वर्ष भने रुद्राक्ष टिप्ने बेला हुन लाग्दासमेत सम्पर्कमै नरहेको अध्यक्ष विशुङ्खेले बताउनुभयो ।

अधिकांश रुद्राक्ष व्यवसायीले अग्रिम भुक्तानी गरेर कृषकको वगान नै ठेक्कामा लिएका हुन्छन् । आवधिक रूपमा एकै बोटको लाखौँ रुपियाँ तिरेका व्यवसायीमा रुद्राक्ष बिक्री नहुने चिन्ता बढेको छ । ठेक्का लिएको वगानमा गुणस्तरीय रुद्राक्ष फलाउन आफ्नै लगानीमा औषधिसमेत लगाएका छन् । यसरी औषधि लगाउँदा ठेक्का रकममा दोब्बर खर्च बढेको छ । अघिल्ला वर्षभन्दा बढी लगानी भएको रुद्राक्ष यस वर्ष नबिक्ने सम्भावना बढेको हो ।

अधिक वर्षाका कारण यसै पनि यस वर्ष अधिकांश बोटमा रुद्राक्ष अडिएको छैन । तीन सय बोट ठेक्का लिएकोमध्ये आधाजसो मात्र अडिएको खाँदबारी–८ का व्यवसायी कमल कटुवालले बताउनुभयो । ठेक्का लिएको बोटमा ३० लाख रुपियाँ बराबरको औषधि लगाएको बताउँदै उहाँले रुद्राक्ष नबिके करोडभन्दा बढी नोक्सानी बेहोर्नुपर्ने बताउनुभयो ।गत वर्ष सङ्खुवासभामा मात्र करिब दुई अर्बको कारोबार भएको रुद्राक्ष अध्यक्ष विशुङ्खेले जानकारी दिनुभयो । व्यवसायीले गरेको कारोबारको विवरण सङ्घमा नआए पनि बाहिरी कारोबार हेर्दा दुई करोडभन्दा कारोबार नघटेको अध्यक्ष विशुङ्खेले दाबी गर्नुभयो ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?