जुम्ली स्याउको उत्पादन घट्दो
काठमाडौँ, जुम्लामा यो बर्ष गत बर्षको तुलनामा स्याउको उत्पादन करिव ६० प्रतिशतले घटेको छ ।
गत बर्ष १२ हजार मेट्रिक टन उत्पादन भएको जूम्लामा यो बर्ष स्याउको उत्पादन घटेर करिव चार हजार पाँच सय मेट्रिक टनभन्दा केही बढी हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिककिरण परियोजना स्याउ सुपर जोन जुम्लाले जनाएको छ ।
यस बर्ष जुम्लामा स्याउको उत्पादन घटनुमा अफ इयर हुनु, स्याउको फूल लागेको बेला चैत र बैशाखमा कालो तुसारो पर्नु र बैशाखमा असिना परेर स्याउको फूल र स–साना दाना झार्नु जस्ता कारणले यो बर्ष स्याउ उत्पादनमा उल्लेख्य मात्रामा कमि भएको प्रधानमन्त्री कृषि आधुनिककिरण परियोजना स्याउ सुपर जोन जुम्लालाका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
यस बषैको स्याउ करिव ९८ प्रतिशत टिपि सकिएको छ । जुम्लामा स्याउ खेती परम्परागत रुपमा हँुदै आएको छ । हाल जूम्लामा रेड डेलिसियस, गोल्डेन डेलिसियसर र रोयल डेलिसियस जातको स्याउको खेती बढी हुने गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिककिरण परियोजना स्याउ सुपर जोन जुम्लाले २०७३ साल देखि स्याउको खेती विस्तार, उत्पादन वृद्धि, बजारीकरण तथा प्रशोधन लगायतका क्षेत्रमा आधुनिकीकरण गर्ने कार्यमा सहयोग गर्दै आएको सुपर जोन प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
जुम्लामा हाल चार हजार हेक्टर क्षेत्रफलमा स्याउको विरुवा रेपिएकोमा १६ हजार हेक्टरबाट उत्पादन आउन थालेको छ ।
स्यान्डर्ड भेराइटिका स्याउका विरुवाले करिव ७ बर्षमा मात्र उत्पादन दिन थाल्छ भने पछिल्लो समय छिटो फल दिने उच्च घन्त्वमा पनि उत्पादन हुन सक्ने उन्नत जातका स्याउका विरुवा लगाएर समेत खेती गर्न थालिएको छ ।
हाई डेनसिटीमा फल्ने विदेशी उन्नत जातका स्याउले भने एकै बर्षमा फल दिने गरेको र महंगो समेत हुने भएकोले त्यसता विरुवाप्रति सर्वसाधारण किसान अझै आर्कषित हुन सकेका छैनन ।
जूम्लामा २ देखि ५० बोटसम्म स्याउ खेती गर्ने किसानहरुको संख्या १६ सयको हाराहारीमा रहेको छ ।रेडियो नेपाल
