ब्रोइलरका चल्लालाई मेहेन्दी लगाएर लोकल चल्ला भनेर बेचेपछि…

काठमाडौँ , ब्रोईलर कुखुराका चल्लालाई रंग लगाएर लोकल कुखुरा भनेर बेच्‍ने गिरोहका ३ महिलासहित एक पुरुषलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ ।

वृत्तले रंग लगाएर बेच्‍न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रंग लगाउन तयारी अवस्थामा राखिएका २४ हजार ९ सय ५० चल्लासहित ३ महिला र एक पुरुषलाई कलंकीबाट पक्राउ गरेको हो ।

वृत्तका अनुसार चितवनबाट ल्याइएका कुखुराका चल्लालाई कृत्रिम रंग दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्‍न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट प्रयोग भइसकेका दर्जनौं मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दीका खोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार दस रुपैया प्रतिगोटामा किनेको चल्लालाई रंग लगाएपछि ६० देखि डेढ सय रुपैयाँसम्ममा बेच्दै आएका थिए ।

कलंकीस्थित प्रेमसिला देवीको फार्ममा रहेको अन्दाजी १० हजार चल्लामध्ये १५ सय चल्ला र वकिल खानको सप्लायर्समा रहेको ५ हजार चल्ला मध्ये ३ सय चल्ला रंग लगाएको अवस्थामा फेला पारेको हो । त्यस्तै सुमित्रा जैसवालको ४५ सय चल्लामध्ये १ सय ५० रंग परिवर्तन गरिएको र चन्दा देवी साहको २ हजार चल्लामध्ये ५ सय चल्लाको रंग परिवर्तन गर्ने तयारी गरिएको अवस्थामा बरामद गरिएको हो । त्यस्तै प्रहरीले पुरा नाम नखुलिसकेको तर गुन्जा भनिने व्यक्तीको साथबाट रंग परिवर्तन गरिएका १७ सय चल्ला पनि बरामद गरेको छ ।

वृत्तका डीएसपी अपिलराज बोहोराले ठगीको अनौठो प्रवृत्तिको सूचनाका आधारमा छापा मारिएको र टोलीको सम्पर्कमा अन्य व्यक्ती पनि छन् कि भनेर खोजी जारी राखिएको बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments