डीडीसीले खरिद गरेको झण्डै २ लाख किलो बटरको म्याद गुज्रिएको भेटियो

काठमाडौं : सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ ।

काठमाडौं महानगरपालिका अन्र्तगतको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हो ।

‘दूग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको छ, हामीले नमूना पनि ल्याएका छौं,’ बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले भने ।

बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघिनै उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकाशं बटरमा सो मिति नाघेको भण्डारीले बताए । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनावरीमा बनेको बटर गोदाममा भेटिएको उनले बताए ।

उत्पादन सकिएको बटर पनि डीडीसीले सुजलसंग किनेको पाइएको पनि अनुगमन समितिले जनाएको छ । सुजलसंग किनेको बटरबाट डीडीसीले घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ ।

मिति नसकिएको दाबी

यता दुग्ध विकास संस्थानको बालाजु आयोजनाले भने बटरको म्याद नसकिएको दाबी गरेको छ । संस्थाले सम्झौता गरेर सुजल किनेको बटर माइनस २० डिगि्रमा भण्डारण गरेको र सबैखाले गुणस्तरण परीक्षण गरेर मात्रै घिउ बनाउने गरिएको आयोजना प्रमुख गोविन्द जोशीले बताए ।

उचित भण्डारण गरेर बटर राख्दा १८ महिनासम्म पनि घिउ बनाउन सकिने प्रमुख जोशी बताउँछन् । ‘आयोजनाको ल्याब अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड २०२२ अनुसार रहेको छ, कुनै पनि वस्तुको अखाद्य छैन्,’ प्रमुख जोशीले भने ।

बजारमा नमूना योग्य बजार बनाउन सिकाउनुपर्ने सरकारी संस्थानबाटै म्याद गुज्रीएको बटरबाट घिउ बनाउनु अपराध भएको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन् ।

सरकारी कम्पनीको गुणस्तर खस्काएर बदनाम गर्ने रउपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर पार्ने काममा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने तिमिल्सिना बताउँछन् ।अनलाइन खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?