खाद्यको खसीबोका कात्तिक २ देखि ,च्याङ्ग्रा खरिद नगर्ने

दसैंका लागि खसी-बोका किन्दै सरकार

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटक दशैँका लागि च्याङ्ग्रा खरिद नगर्ने भएको छ। यसअघि दशैँका लागि एक हजार च्याङ्ग्रा खरिदको योजना बनाएको कम्पनीले यसपटक महँगो भएपछि बिक्री गर्न नसक्ने भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कम्पनीले यसपटकको दशैँमा हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री नगरे पनि खसीबोका भने कात्तिक २ बाट बिक्री गर्ने योजना बनाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यसपटकको दशैँमा कम्पनीले च्याङ्ग्रा बिक्री गर्न सकेन किनभने पहिलेजस्तो ल्याउनलाई पनि सहज छैन, त्यसैले पनि जोड गरिएन। ”

कम्पनीले च्याङ्ग्राको सट्टा खसीबोका सङ्ख्या बढाएर ल्याउने गरी तयारी गरेको जानकारी दिँदै उहाँले पहिलो चरणमा दाङको तुलसीपुर र मकवानपुरको हेटौँडाबाट पाँच सय खसीबोका ल्याउने र मागका अधारमा सङ्ख्या बढाउने बताउनुभयो।

नेपाल खाद्य संस्थान हुँदादेखि नै दशँैमा च्याङ्ग्रा र खसीबोका काठमाडौँ ल्याएर बिक्री गर्दै आएको छ। खाद्य कम्पनीले बजारको सबै माग धान्नेभन्दा पनि बजारमा हुनसक्ने अनुचित मूल्य नियन्त्रण गर्ने हो तर यसपटक च्याङ्ग्रा खरिदमा कम्पनी चुकेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments