आठ महिनामा १ अर्ब १७ करोडभन्दा बढीको माछा आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा विभिन्न देशबाट १ अर्ब १७ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको माछा नेपाल भित्रिएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउन देखि फागुन महिनासम्मको अवधिमा कुल ५३ करोड ९७ लाख ३८ केजी बिभिन्न प्रकारका माछाहरु नेपाल भित्रिएको छ।

उक्त अवधिमा जिउँदो माछा मात्र विदेशबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँको नेपालले आयात गरेको छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments