असिना प्रभावित किसानद्वारा बैंकको ऋण तिर्ने म्याद थप्न माग

धनकुटा । छथरजोरपाटी गाउँपालिकाका असिनाप्रभावित किसानले बाली लगाउन बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने म्याद थपिदिन माग गरेका छन् ।

बैशाख २ र ३ गते परेको असिनाको कारण तरकारी बाली सखाप भएपछि उनीहरूले आफ्नो ऋणको भाका थपिदिन र ब्याजमा छुट दिन माग गरेका हुन् ।

असिनाले तरकारी बाली सखाप बनाउँदा आफूहरू मारमा परेको सिंधुवाका अगुवा कृषक मेघेन्द्र गुरुङ्ग बताउनुहुन्छ । ‘बैंकबाट ऋण लिएर लगाएको तरकारी बेचेर ऋण तिर्ने बेलामा असिनाले खसाप बनायो,’ उहाँले भन्नुभयो, ‘ऋण तिर्ने भाका र ब्याजमा छुट गरिदिए ठूलो राहत हुने थियो ।’

क्षतिको विवरण पेश गर्न गाउँपालिकाले किसानहरूलाई सूचना समेत जारी गरेको छ । प्रारम्भिक सर्वेक्षणमा १५ करोड रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?