राहतको चामल गोदाम मै कुहियो

झापा: राहत दिन खरिद गरेको चामल जनतालाई दिन नपाउँदै गोदामै कुहिएको छ।

गत वर्ष झापाको गौरादह नगरपालिकाले कोरोना महामारीका समयमा भएको लकडाउनमा जनतालाई राहत दिन किनेको पाँच हजार केजी चामल जनातालाई दिन नपाउँदै गोदाममै कुहिएको हो ।

उक्त, समयमा जनता भोकै पर्दा नबाँडी राखेको चामल पानी चुहिने भवनमा स्टोर गरेर राख्दा ठूलो परिणामको चामल कामै नलाग्ने भएको हाे ।

गौरादह नगरपालिकाका स्टोर प्रमुख अर्जुनभाइ दाहालले भने, ‘केलायो भने केही चाहिँ काम लाग्ला कि १ तर, त्यो पनि भन्न सकिन्न। त्यसै त खान सकिँदैन ।’

उक्त, चामल नगरपालिकाले ३८ रुपैयाँ प्रतिकेजीका दरले खरिद गरेको थियो। नष्ट भएको चामलको मूल्य एक लाख ९० हजार पर्न जान्छ ।

नगरपालिकाले गत वर्ष वडानम्बर-१ स्थित जीर्ण सरकारी सहकारी भवनमा यो चामल स्टोर गरेर राखेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?