निषेधाज्ञाकाबीच कति छ फलफूल र तरकारीको बजारभाउ ? (मूल्यसहित)

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं । बिहीवार (आज) प्रतिकेजी हरियो अंगुरको मूल्य २२५ रुपैयाँ, अदुवा प्रतिकेजी ८५ रुपैयाँ र अम्बा प्रतिकेजी १९५ रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिले आजको लागि विभिन्न फलफूल तरकारीको मूल्य सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो ।

समितिका अनुसार लोकल काक्रो प्रतिकेजी ६५ रुपैयाँ, कागती प्रतिकेजी २१० रुपैयाँ र हरियो खुर्सानीको मूल्य ७५ रुपैयाँ रहेको छ ।
त्यसैगरी लोकल गाजर प्रतिकेजी ५५ रुपैयाँ, गाण्डेमूला ५५ रुपैयाँ, सानो गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

मूल्यसूची हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?