आवश्यकता भएकालाई स्थानीयस्तरमै खाद्यान्न पु¥याइने

फलफूल तथा तरकारी

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ ।

आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो । निषेधाज्ञाको अवधिमा कसैलाई खाद्यवस्तुको अभाव भई अत्यावश्यक खरीद गर्नुपर्ने भएमा स्थानीयस्तरमै आवश्यक व्यवस्था मिलाइएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडले मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै खरीद–बिक्रीको व्यवस्था मिलाएकोे छ । प्रशासनले खरीद–बिक्रीका लागि दुवै संस्थाका सम्पर्क व्यक्तिको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अवलम्बन गरिएका प्रावधानको पालना अत्यावश्यक देखिएकाले यसपालि आदेशमा कडाइ गरिएको छ । प्रशासनले दैनिक खाद्यान्न वस्तु खरीद गर्ने नाममा खाद्य, किराना र डिपार्टमेन्टल स्टोर्समा बढी भीडभाड हुने, सामाजिक दूरी कायम नगर्ने तथा सङ्क्रमणको जोखिम बढ्न गएको भन्ने जनगुनासो आएकाले उल्लेख गर्दै यही जेठ २० गतेसम्म लागू भएको निषेधाज्ञाको अवधिमा उपत्यकाका पसलसमेत बन्द गरिएको छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?