पहिराले बगायो भेडा, बाख्रा र भैंसी

गोरखा: गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिराले बगाएर बेपत्ता बनाएको छ ।

गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।

घटना गत बिहीबार बिहान करीब १० बजेको समयमा भएपनि खर्कबाट गाउँमा जानकारी ढिलो गरी आएको वडाध्यक्ष दिलिप गुरुङले बताए ।

‘‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिराले भेडा बगाएको जानकारी आएको छ”, उनले भने, “करीब १२० ओटा भेडामध्ये ३० वटाभन्दा बढीलाई पहिराले बगाएको गोठालो बताएका छन् ।’’

स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिराले बगाएको उनको भनाइ रहेको छ। लगातार पानी परेकाले पहिरामा पुरिएका भेडा निकाल्न नसकेको जानकारी आएको वडाध्यक्ष गुरुङले बताए ।

यस्तै, सहिद लखन गाउँपालिका–७, बुङकोटमा गएराति माथिबाट खसेको पहिरोले गोठ पुरिदा गोठमा भएका दुई भैसी, तीन बोका बाख्रा पुरिएर मरेका छन्। स्थानीयबासी धनबहादुर श्रेष्ठको गोठमा माथिबाट पहिरो खसेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। लगातार पानी परेकाले राति पहिरो हटाउन नसकिएपछि आज बिहान एक्साभेटरको सहायताले पुरिएको पशु चौपाया निकालिएको उनले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?