कृषि उत्पादन नबिकेर हैरान हुनुहुन्छ ?डिजिटल “हाट बजार”मा कृषि उपजको किनबेच गरौ
काठमाडौं। कोरोना संक्रमणको दोश्रो लहर सुरु भएसंगै देशका लगभग अधिकांस ठाउमा निषेधाज्ञा र लकडाउन गरिएको छ। के तपाईले दुख मेहेनत गरेर उब्जाउनु भएको कृषि जन्य उत्पादन नबिकेर हैरान हुनुहुन्छ ? अझ कति किसानहरुले बारी मै गाड्नु पर्ने फाल्नु पर्ने बिक्रि भैहाले पनि सस्तो मूल्यमा बेच्नु पर्ने उल्टो बिचौलियाको भनाइ खानु पर्ने र अन्त्यमा कृषि पेसा नै छोडेर विदेश पलायन हुन पर्ने आजको अवस्था हाम्रा किसान दाजु-भाइ दिदीबहिनीहरुको छ । अब चिन्ता लिनु पर्दैन केहि
कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्याउने उदेश्यले गत चैतमा मात्र आधिकारीक रुपमा सार्वजनिक गरिएको थियो’हाट-बजार’ एप। ट्राभहिल डट कमका सञ्चालक द्रोण श्रेष्ठ र विश्व खनालले हालै यो एप सञ्चालनमा ल्याएका हुन्। हाट बजार एप अहिले सम्म ९ हजार भन्दा बडी प्रयोगकर्ताले प्रयोग गरिरहेका छन्। उक्त एप मार्फत किसानले आफ्नो उत्पादन देशैभर बिक्री गर्न सक्ने भएको हुदा यसको प्रयोमा बृद्दि भएको कम्पनिको ठहर छ।
हाट बजार नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले पनि बिचौलियाबिना सस्तोमा सामग्री पाउने यसका परिकल्पनाकार द्रोणजंग श्रेष्ठले बताएका छन् । गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषिजन्य सामानहरू महँगो परेको परिप्रेक्ष्यमा यो एपका माध्यमबाट किसान तथा उपभोक्ता दुबै पक्षले लाभ लिन सक्ने दाबी श्रेष्ठको छ । देशको अर्बौँ रुपैयाँ कृषिजन्य आयतमा बाहिरिएको यथार्थलाई अवस्थालाई केही भए पनि सुधार गर्न हातहातमा हुने मोबाइलबाट निशुल्क रुपमा क्रेता र बिक्रेतालाई जोड्ने मोबाइल एप हाट बजार “Hat Bazar” विकास गरिएको ट्राभहित डटकमका संचालक समेत रहेका श्रेष्ठले जानकारी दिएका छन् ।
यस हाट बजार “Hat Bazar” एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोक्न सक्नेछन् । आफ्नो उत्पादन सम्बन्धि सबै विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभेरी सुविधा आदि खुलाई एपमा नि:शुल्क प्रचार गर्न सक्छन् । यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सकिन्छ । किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागि जग्गा भाडामा लिन दिन परेमा नि:शुल्क यो एपमा बेच्न राख्न सकिन्छ । कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोग कर्ताहरूलाई ‘कस्ले के बेच्न राख्यो’ भनेर नोटिफिकेसन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
लकडाउनमा बजार बन्द हुँदा किसान र उपभोक्तालाई परेको समस्याले यो एपको आइडिया फुरेको हो। कम्पनीका पब्लिक रिलेसन अफिसर सुजल श्रेष्ठका अनुसार किसानलाई इ-कमर्श प्लेटफर्ममा जोड्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो।
‘लकडाउनमा सबै बजार बन्द भयो। किसानले उचित मूल्य पाएनन्। इ-कमर्श व्यवसायी भने फस्टाए। अबको डिजिटल युगमा किसानलाई पनि इ-कमर्शमा किन नजोड्ने भनेर एप सञ्चालनमा ल्याएका हौं,’ उनले भने।
सुजलका अनुसार हाट-बजार एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध छ र निःशुल्क डाउनलोड गरी चलाउन सकिन्छ। डाउनलोड गरिसकेपछि प्रयोगकर्ताले एपमार्फत् सामान किन्न वा बेच्न परे ‘युजर लगइन’ गर्नुपर्छ। प्रयोगकर्तालाई सहज होस् भनेर मोबाइल नम्बरबाटै लगइन गर्न मिल्ने बनाइएको सुजलले बताए। थप बुझ्न यसको वेबसाइट हेर्न सकिन्छ।

किसान र उपभोक्ता के के फाईदा छ त हेरौ :
किसानलाई फाईदा
निःशुल्क चलाउन मिल्ने यो एपले किसानहरुलाई निम्न फाईदा गर्नेछः
• निःशुल्क रुपमा घरमा नै बसेर आफ्नो उत्पादन बिक्री गर्न मिल्ने
• बिक्री गर्न राख्ने वित्तिकै हाटबजार एपका प्रयोग कर्तालाई नोटिफिकेशन जाने भएकोले किसानको उत्पादन तुरुन्त बिक्री हुन मद्दत पुग्ने
• आफ्नो मूल्य स्वंय निर्धानरण गर्न सकिने भएकोले अधिकतम मूल्यमा उत्पादन विक्री हुने संभावना
• तपाई गाई किन्न खोज्दैहुनुहुन्छ भने पल्लो नजिकको किसानले बेच्न राखेको यहि एप मार्फत थाहा हुन्छ र समयको बचत हुन्छ
• घरेलु उद्योगमा उत्पादन हुने सामान पनि यो एपमा बेच्न सकिन्छ
• आफूलाई चाहिने ठुलो तथा सानो कृषि औजार, मल, बिउ, नर्सरी बिरुवा तथा खेतिको लागि जग्गा भाडामा लिन वा खरिद विक्री गर्न मिल्ने
• ट्याक्टर तथा अन्य कृषि मेशिनरी भाडामा लिन, दिन पनि सकिन्छ
• यो एपले सिधै विक्रेता र क्रेतालाई जोड्ने भएकोले आफ्नो उत्पादनको उचित मूल्य पाईने
उपाभोक्ता (व्यपारी) लाई फाईदा
निःशुल्क चलाउन मिल्ने यो ऐपले व्यपारीहरुलाई निम्न फाईदा गर्नेछः
• नेपालको कुना कुनाबाट के के सामान विक्री गर्न राखेको छ, त्यो हेर्न सकिन्छ
• घरमा नै बसेर ति सामानहरु किन्न सकिन्छ
• सिधै किसानवाट सामान किन्न पाईने भएकोले ताजा, शुद्घ, र उचित मूल्यमा रोजि रोजि खरिद गर्न पाइन्छ
• किसानबाट संकलन गरि, रि–प्याकिङ गरेर बिक्रि गर्ने अबसर हुन्छ
• कोल्ड स्टोरेज वालालाई मौसमी कृषि उत्पादन संकलन गर्न सजिलो हुन्छ
• चाहिएको सामानहरु पनि आव्हान गर्न सक्ने, जस्तै ५० केजी टिम्मुर चाहियो आदि
• ठुलो तथा सानो कृषि औजार, मल, विउ, नर्सरी विरुवा बेच्न सकिन्छ
• घरेलु उद्योगमा उत्पादन हुने सामान पनि यो एपमा बेच्न सकिन्छ
• खेतिको लागि जग्गा भाडामा दिन वा खोज्न पनि सकिन्छ
• ट्याक्टर तथा अन्य कृषि मेशिनरी भाडामा लिन, दिन पनि सकिन्छ
हाट-बजार एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध छ र निःशुल्क डाउनलोड गरी चलाउन सकिन्छ।
एन्ड्रोइड :https://play.google.com/store/apps/details?id=com.travhill.hatbazar
