गाउँ कै दूध संकलन केन्द्र स्थापनाले जीवनस्तर उकास्दै

तेह्रथुम: गाउँमा कुनै समूह, सहकारी केही थिएन । सामान्य घरखर्चका लागि पनि साहू महाजनकैमा पुग्नु पथ्र्यो । गाउँमा उत्पादन गरेको दूध बिक्री हुँदैन थियो । परिवार धान्न ऋण साहू काड्नु पथ्र्यो नभए बनिकै भर पर्नुपथ्र्याे छथर गाउँपालिका–४ फाक्चामारा कार्की गाउँका नागरिकहरू । गाउँमा दूध राम्रै उत्पादन हुन्थ्यो तर बिक्री गर्ने बजार हुँदैन थियो ।

दूधबाट चिया, मही, दही र घिउमात्रै बन्थ्यो तर अहिले परिस्थिति बदलिएको छ । यहाँका किसानहरूले दूध बिक्रीबाट राम्रो आम्दानी लिन थालेका छन् । गाउँनजिकै सिहंदेवी पशुपालन सहकारी संस्थाले दूध संकलन केन्द्र सञ्चालनमा ल्याएपछि यहाँको दूधले बजार पाउन थालेको हो ।

गाउँमा प्रायः सबै कृषकहरूले दुधबिक्रीगर्दै आएका छन । गाउँनजिकै दूध संकलन केन्द्र र डेरी नहुँदा यहाँ उत्पादन भएको दूध ३ घण्टाको बाटो धनकुटाको सिधुवा बजार पुर्याएर बिक्री गर्ने गरेका थिए । गाउँमै दूध संकलन केन्द्र स्थापना भएपछि यो समस्याबाट मुक्त बनेका छन् । दूध उत्पादनसँगै व्यावसायिक पशुपालनतर्फ यहाँका किसानहरू आकर्षित हुँदै आएका छन् । २०६८ सालमा सिंहदेवी पशुपालन समूह गठन ११ जना सदस्यबाट सुरु पशुपालन सुरु गरेको समूह २०७० सालमा सहकारीको रूपमा विस्तार गरेका थिए । सुरुवातीको क्रममा यहाँका किसानले १५ रुपैयाँ बचतबाट समूह थालनी गरेका थिए । समूहलाई सदस्य संख्या बढाउँदै सहकारीका रूप लिन सफल बनेको थियो । सहकारी स्थापनापछि बचतलाई बढाउँदै मासिक १ सय रुपैयाँ बचत गर्न थालिएको सहकारीका अध्यक्ष सूर्यबहादुर कार्कीले बताए ।
११ जनाको सक्रियतामा सुरु भएको समूहदेखि सहकारी संस्थासम्म आइपुग्दा अहिले ६० जना सेयर सदस्य छन् । सहकारी स्थापनाले यहाँका कृषकहरूलाई पशुपालन, बाख्रापालन तथा तरकारी खेतीमा लगानी गर्दै आएको छ । ६ लिटर दूध संकलनबाट सुरु भएको सहकारीले करिब ३ सय लिटर संकलन गर्दै आएको छ । किसानहरूले दूध उत्पादन गरेको गरेको दूधले बजार पाउन थालेपछि राम्रो आम्दानी लिँदै आएका छन् । मासिक यहाँका किसानले २५ हजार रुपैयाँसम्म आम्दानी लिन थालेका छन् ।

सानातिना घरखर्च चलाउन साहू कै हात थाप्ने समस्याहरू टर्दै गएका छन् । इलामबाट युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियतब्याजमा ऋण् लिएर ७ वटा उन्नतजातको गाई भित्र्याएर यहाँका किसानले दूध उत्पादन सुरु गरेका थिए । अहिले गाउँका सबै किसानहरूले उन्नत जातका गाई पाल्दै आएका छन । किसानहरूलाई व्यावसायिक बनाउनका लागि सस्तो व्याजमा रिन दिएर गाई खरिदमा सहयोग गर्दै आएको सहकारीले जनाएको छ । किसानलाई च्यापकटर मेसिन, गोठसुधार, क्यान वितरण, उन्नत जातको घाँस वर्षे तथा बहुवर्षे बीउ बोकाअनुदान, मलबितरण, पशुलाई स्वस्च्छ खानेपानीका हिलट्याक वितरण गरिएको संस्थाका सचिव रामबहादुर कार्कीले बताए ।
सहकारीले गाउँका किसानलाई व्यावसायिक कार्यक्रमले जीवनस्तर उकास्न टेवा पुगेको सहकारीका सदस्य दिलबहादुर कार्कीले बताए ।

सहकारीले यस वर्ष मात्रै प्रदेश सरकार भूमि व्यावस्था कृषि तथा सहरकारी मन्त्रालय २५ लाख, संस्थाको ८ लाख ३९ हजार गरी ३३ लाख ३९ हजार लागनीमा व्यवसायिक पशुपालन कार्यक्रमअन्तर्गत किसानलाई ५ सय लिटरका ४६ वटा हिलट्याक, १० लिटर काक्यान, ५ वटा मोटरसहितका च्यापकटर मेसिन, १० वटा नयाँगोठ निमार्ण, १० वटा पुरानागोठ मर्मत सुधार तथा घाँस बितरण नस्ला सुधारका लागि उन्नतजातको साँढे खरिद कार्यक्रम सञ्चालन गरिएको संस्थाका व्यवस्थापक भीमबहादुर कार्कीले बताए ।

त्यस्तै किसानलाई पशुपालनलाई सम्बन्धी तालिम सञ्चालन औषधि उपचार लगायतका कार्यक्रमहरू सञ्चालन भएका थिए । यहाँका किसानले ७ लिटरदेखि १८ लिटरसम्म दूध उत्पादन गर्दै आएका छन् । गाउँगाउँ स्थापना भएको दूध संकलन केन्द्रमा जम्मा गरिएको दूध अहिले छथर दुग्धचिस्यान केन्द्रमा संकलन गरी डीडीसीलाई बिक्री गर्दै आएका छन् । सहकारीहरूले किसानलाई व्यावसायिक मात्रै बनाएको छैन बचत गर्ने बानीको विकास भएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments