प्रांगारिक मल : फोहोरलाई मोहोर बनाउदै १७ बर्षिय शिबु

रुपन्देही: रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ०८ बाँसगढीका १७ बर्षिय शिवु भण्डारी विद्यालय जाने क्रममा बाटोमा फोहर पाल्ने गरेको देख्थे । विद्यालयमा पढ्दै गर्दा उनले दिन दिदै विभिन्न व्याक्तिहरुले घरको फोहर कुहिने र नकुहिने फोहर बाटो बाटोमा फाल्दै आएको उनले देख्दथे । उनको मानपष्टलमा त्यहि फोहोरलाई मोहोर कसरी बनाउने भन्ने विषयमा सोच्दै गए । सोही अनुसार आफुले पढेको कितावमा बढ्को कुरा लाई व्यवहारमा लागू गर्ने योजना पनि उनको थियो । सोही अनुसार उनले हिम्मत गरेर अव आफ्नो गाउँको फोहोर आफै उठाउँछु ।

यसरी गाउँमा रहेको फोहरलाई उठाएर उनले प्रांगारिक मल बनाएर विक्रि गर्ने सोँच समेत बनाए । सैनामैना वाल क्लवको अध्यक्ष समेत रहेका भण्डारीको दैनिकी अहिले विहान विहान घर घर बाहीर राखीएको डस्वीनको फोहर संकलन गर्ने र आफुले निर्माण गरेको संकलन केन्द्रमा पु¥याउने काम गर्दछन् ।

सैनामैना नगरपालिका वडा नम्बर ८ बाँसगढीमा उनले २७ वटा घरमा आफ्नै खर्चमा कुहिने फोहर र नकुहीने फोहर जम्मा गर्नका लागि डस्वीन वितरण गरेका छन् । जम्मा भएको फाहेर प्रसोनधका लागि १० धुरमा आफ्नै जग्गामा खाडल समेत निर्माण गरेका छन् ।

१७ बर्षिय शिवु भण्डारीले (गोपाल विष्णु) अर्गानिक मल नाम दिएको उक्त मल प्रति ५० रुपैयाँमा विक्रि गर्दै आएका छन् । अहिले सम्म करिव २५ हजार रुपैयाँ जती आम्दानी गर्न सफल भएको जानकारी दिदै भण्डारी भन्छन्–‘पढेको कुरा लाई लागू गरेर गाउँ घर पनि सफा हुने आफुलाई पनि फाईदा हुने भएको कारण यता तर्फ लागेको हौ ।’

आफ्ना बुबा गोपाल भण्डारीले पनि ३ विघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । उनी भन्छन्–‘बुबाको कृषि प्रतिको लगावको कारण पनि मलाई मल उत्पादन गर्ने लहर जागेको हो । ’

हाल सम्म गाउँ घरको फोर संकलन गर्ने, प्रसोधन गर्ने , प्याकिङ्ग गर्ने काममा आफैनै लगानी रहेको जानकारी दिदै उनले हाल सम्म स्थानिय तहले कुनै पनि सहयोग नगरेको बताउँछन् । उनी भन्छन्–‘हाल सम्म अन्य निकायको कसैको सहयोग छैन, गाउँ घर सफा पनि हुने फोहर बाट मोहर बनाउन पनि सकिने भएको कारण यसलाई सबैले सहयोग गरिदिन आग्रह गर्दछु ।’

मल बनाउने प्रक्रियाको फोहर मैला संकलन, प्रसोधन र विक्रि वितरणका लागि भण्डारीले एक जना सहयोगी समेत राखेका छन् । सैनामैनामा रहेको रामापुर माविमा कक्षा १२ मा शिक्षा सास्त्रमा अध्यान गर्दै आएका भण्डारीले आफुले स्थानिय तहको सहयोग भएमा यसलाई अझ बढि विस्तार गर्ने योजना बनाइएको जानकारी दिए । उनले भने –‘सहयोगी निकाय भएमा अझ यस्लाई विस्तार गर्ने योजानमा रहेको छु ।

सैनामैना वाल क्लव सञ्जालको अध्यक्ष समेत भएको कारण आफुले त्यो कुरालाई अन्य क्लवहरुमा पनि विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।

मलका लागि उनले २ वटा खाल्डो बनाएका छन् । जसमा संकलन गरिएको फोहर, पराल, घास पात लगायतका बस्तुहरु राखेर त्यसलाई कुहाएर मल बनाएर विक्रि गर्दछन् ।जसको लागि ३ महिना को समय लाग्ने गर्दछ ।

सानो उमेर मा नै गरेको नमुना योग्य कामको स्थानिय तह सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की, उप प्रमुख विना मगर लगायत प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समेत उनको यो कार्यको अवलोन गरिसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?