गाउँमा उत्पादित आलुले बजार पाएन्

बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा

सिमकोट: हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गते रातिबाट निषेधाज्ञा हुँदा, यसको सयमअवधि थपिदै गएपछि डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हुन् ।

मङ्सिर, पुषमा आलु रोपेर जेठ र असारमा बारीमा आलु फलेको भएपनि बिक्रीका लागी बजार नपाएर कुहिएर खेर जाने अवस्था रहेको डाडाफयाँ गाउँका किसान जुनकला शाहीले गुनासो पोखिन् । उनले भनिन्, “सिमकोट बजारमा आलुले राम्रो मूल्य पाउनुका साथै बिक्री पनि हुन्छ, तर सरकारले गरेको निषेधाज्ञाका कारण सिमकोट जान नपाउँदा गाउँमा उत्पादन भएका आलु खेर जाने अवस्था रहेको छ । ”

स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको किसानले बताउने गरेका छन् । बिक्रीका लागी गाउँबाट आलु सिमकोट सम्म पुरयायो भने प्रतिकेजी रु १०० देखि माथि बिक्री हुनुका साथै आलुको परिकार हेरेर बिक्री हुने र मूल्य पाइन्छ ।

पछिल्लो समय वैशाख २२ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु भएयता गाउँका कृषकहरुले आलु विक्रिका लागि बजार नपाउँदा उत्पादनमा मात्रै सीमित रहेको पाइएको छ । सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँका जानकला भण्डारीले भनिन्, “यो मौसममा आलु उत्पादनका लागि धेरै महेनत गरियो तर निषेधाज्ञाले जिल्ला सदरमुकाम सिमकोटसम्म गएर आलु बिक्री गर्न नपाएपछि घरमै थुपार्नु बाहेक अन्य विकल्प छैन ।” विगतमा सदरमुकाम सिमकोटसम्म लगेर बिक्री गर्ने गरिन्थ्यो भने यो वर्ष कोभड १९ का कारण कतै पनि लान नपाएर घरमै कुवाएर राख्नु परेको उनको भनाइ छ ।

जिल्लामा नयाँ उत्पादन गरिएको आलुको मूल्य रु १ सय ५० रुपैया पर्ने गरेको छ । तर यो वर्ष आलुनै बिक्री गर्न नपाएपछि अन्य घरायसी सामग्री किनेर खान नपाउँदा दुखित भएको स्थानीय कृषक शाहीले बताइन्। जिल्लामा व्यावसायिक किसानले वर्षको दुई पटक आलु उत्पादन गर्ने गरेका छन् ।

जिल्ला बाहिरबाट तरकारी आउनै छोड्यो

नेपालगञ्ज, सुर्खेतबाट दैनिक सिमकोट आउने सीता, समिट, तारा एयरलाइन्सले उपभोग्य सामग्री, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खाद्यान्न ढुवानी, कार्गोलगायत विकास निर्माणका सामाग्री ढुवानी गरेपनि तरकारी आउनै छोडेको व्यापारीले बताउने गरेका छन् । कोरोना सङ्क्रमणको त्रासका कारण अन्य सामाग्रीलाई नियमीत ढुवानी हुन दिएपनि जिल्ला बाहिरबाट आउने मासु, तथा अन्य फलफुल र तरकारीमा रोक लगाइएको छ । जिल्ला बाहिरबाट तरकारी नआउनु, जिल्लामै किसानले उत्पादन गरेको आलु लगायतका तरकारी सिमकोटमा नपुग्दा तरकारीको अभाव भएको छ ।

कुखुराको मासु आयातमा रोक लगाउँदा सिमकोटमा खसीको मासुको मूल्य आकाशिएको छ । खसीको मासुको प्रतिकेजी मूल्य रु ८०० सयबाट बढेर रु एक हजार पुगेको छ । नेपालगञ्ज, सुर्खेतबाट ढुवानी भएर सिमकोट पुगेको कुखुराको मासुको प्रतिकेजी ५०० सय पर्ने गर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?