ताइवानबाट बिरुवा ल्याएर व्यावसायिक मेवा खेतीमा आले

तनहुँ:

व्यास नगरपालिका–१३ निवासी वसन्त आलेले पोखरी भञ्ज्याङ नजिक व्यावसायिक रुपमा मेवा खेती थालेका छन् ।

नेपाल विद्यार्थी सङ्घ तनहुँका पूर्वअध्यक्ष आलेले ताइवान रेडलेडी ८७६ जातको मेवाको खेती गरेका हुन्। करिब ९० रोपनी क्षेत्रफलमा करिब सात हजार मेवाको बिरुवा लगाउने योजना अनुरुप हाल दुई हजार बिरुवा ताइवानबाट ल्याएर लगाइएको आलेले बताए ।

गत वैशाखमा बिरुवा लगाएको तीन महिना भयो। छ महिनामा फल दिन शुरु हुन्छ। उनले भने, “फल राम्रो लाग्ने र बिक्रीको लागि १५ दिनसम्म टिकाउ हुने भएकाले यसतर्फ आर्कषित भएको हुँ।” भारतमा उत्पादन भएको मेवाको तुलनामा नेपालमा उत्पादन भएको मेवाको स्वादले सजिलै बजार लिन सक्ने विश्वास गरिएको उनले बताए ।

स्थानीय जातको मेवा दुई-तीन दिन पनि टिकाउ नहुने र कुहिने भएकाले यस जातको मेवाको बिरुवा लगाइएको हो। उनले भने, “आफूले पनि पहिलो पटक लगाएकोले कस्तो फल दिन्छ हेर्न बाँकी रहेको छ ।” एउटा बीउको रु २८ परेको छ। दश ग्राम प्याकेटको नौ हजार परेको र फल राम्रो फल्ने जानकारी समेत पाएको उनले बताए ।

लकडाउन खुलेपछि सोही क्षेत्रमा बाख्रा तथा पाडा पाल्नको लागि खोर गोठ निर्माण गरिने किसान आलेले जानकारी दिए। आले विसं ०५१ सालमा स्ववियू सभापति हुदै २०५३ बाट ०६९ सम्म तीन कार्यकाल नेविसंघ तनहुँका जिल्ला अध्यक्षको नेतृत्व लिएर काम गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?