गोरखामा व्यावसायिक कृषकलाई ब्याड बोका वितरण

बोयर बोका

गोरखा:

खाद्य तथा पोषण सुरक्षा आयोजना कलष्टर एकाइले मासुको उत्पादन बढाउनका लागि व्यावसायिक कृषक समूहलाई अनुदानमा उन्नत जातका ब्याड बोका वितरण गरेको छ ।

एकाइले दुई स्थानीय तहलाई मल्टिप्लाई हर्ड स्थापना गर्ने कार्यक्रमअन्तर्गत उन्नत जातका ब्याड बोका वितरण गरेको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत दुर्गाप्रसाद पण्डितले जानकारी दिए ।

एकाइले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित हुडीखोला कृषक समूह र धादिङको बेनिघाट रोराङ्ग गाउँपालिकास्थित साततलेदेवी कृषक समूहलाई दुई-दुई बोयर जातका ब्याड बोका वितरण गरेको उनले बताए ।

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरबाट खरीद गरेर ८५ प्रतिशत अनुदानमा चालू आवको कार्यक्रमअन्र्तगत दुई कृषक समूहलाई ब्याड बोका वितरण गरिएको उनले जानकारी दिए। “अनुदानमा उपलब्ध गराइएको ब्याड बोका १६ देखि २५ किलोसम्म तौल रहेका छन्”, कृषि अधिकृत पण्डितले भने, “उमेरका हिसाबले सबै तीनदेखि चार महिनासम्मका हुन्, यो छिटो बढ्ने र तौल बढी हुने भएकाले मासु उत्पादनमा समेत वृद्धि हुन्छ ।”

अनुदानमा ब्याड बोका उपलब्ध गराइएका कृषक समूहले अनुदानको सही सदुपयोग भएको वा नभएका बारेमा समेत अनुगमन गरिने उनको भनाइ छ। “किसानको आयआर्जन वृद्धिका लागिमात्र नभई मासुलाई उत्पादनमा बढाउँदै मासुमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम प्रभावकारी छ”, पण्डितले भने, “कृषकले अनुदानसहित सदुपयोग गरे सरकारको लक्ष्य पनि पूरा हुदैँ जानेछ, कृषक पनि बिस्तारै आत्मनिर्भर बन्दै जानेछन् ।”

एकाइले उन्नत जातको ब्याड बोका लगाएपछि कृषक समूहमा भएका परिवर्तनलगायतका विषयमा रेर्कडसमेत राख्ने उनले जानकारी दिए। कार्यक्रमअन्तर्गत एकाइले खोर निर्माण, घाँसको बीउ वितरण, दाना व्यवस्थापनलगायत कार्यबाट किसानलाई सहजीकरण गर्दैै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?