निर्वाहमूखी कृषि , किसान सधै पिडीत

हाम्रो देशमा बहुसंख्य जनता कृषिमा निर्भर छन्, कृषि हाम्रो मुख्य पेशा हो । कृषि अर्थतन्त्रको मेरुदण्ड हो । हामीमा ठुलो संभावना र सबैले गर्न सक्ने कृषि हो । धरातलिय हिसाबले बिश्वको सबैभन्दा विषमता भएको देश नेपाल हो । हाम्रो देशमा सुक्ष्म हावा, पानी अनि प्राङ्गारिक पद्धतिले हामीलाई थप फाईदा मिलेको छ । कृषि क्षेत्रको अत्याधिक संभावना भएर पनि आज हामी अरबौंको कृषि उपज आयात गर्नुपर्ने बाध्यता रहेके छ ।

हाम्रो सामु २००७ साल देखि ६० दशकसम्म आईपुग्दा नेपालको निर्यातमा कृषिजन्य वस्तुहरुको बाहुल्यता देखिन्छ । कृषिमा अपनाइएका अतुरदर्शि नीतिका कारण ७० को दशकपछि नेपाल कृषि वस्तुको निर्यातक राष्ट्रबाट आयातक राष्ट्रमा परिणत हुन पुग्यो भने निर्यातको टोकरीमा कम मुल्ययोग भएका हस्तकलाका सामानहरु, तयारी पोशाक, ऊनी गलैंचा तथा नेपाल र भारतका करका प्रावधानका कारण स्थापना भएका कपडा, धागो, फलाम उद्योगका वस्तुहरुको निर्यातमा मुलुक केन्द्रित हुन थाल्यो । जुन आज पर्यन्त यथावत् नै रहेको छ ।

हामीलाई प्रकृतिले दिएको अमूल्य वरदानका रुपमा रहेका स्रोत साधनहरुलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न पट्टि भने कसैको ध्यान पुगेको देंखिदैन । लामो समय देश आन्तरिक गृहयुद्धमा रह्यो अझै यो संक्रमणकालिन स्थिति हटेर गएको स्थिति छैन । दिनहु रोजी–रोटीका लागि निर्वाहमुखी खेतीको लागि आप्नो श्रम बेचिरहेका किसानका निमित्त जति सुकै योजना र रणनिति अपनाइए पनि व्यवहारमा कहिंकतै लागु भएको देखिदैंन । सस्तो लोकप्रियताको लागि सत्ता केन्द्रित हुनुभन्दा व्यवहारमा किसानका समस्या, संभावना र चुनौतीका लागि केन्द्रित रहेनन् राजनितीक दलहरु ।

किसानले उत्पादन गरेका कृषि उपजको पनि सहि मुल्य कहिल्यै पाएनन् । बिचैलियाको प्रभाव जताजतै हावी रह्यो । सरकारको नत सही नीति छ नत चुस्त पन नै, विवाद राजनिती, भाषण र आलोचना गर्ने भन्दा कृषिमा आधुनिक सोचले लाग्नु पर्ने हो । बिमा प्रत्याभूति, अनुदान, सामुदायिक कृषि अवधारणा र जिम्मेवार सरकार बन्न सके हामी हाम्रो लागि आवश्यक कृषिजन्य उत्पादन गरि निर्यात समेत गर्न सक्छौं ।

जसले राष्ट्र समृद्धीतर्फ अघि बढ्न सक्छ नत्र हाम्रो श्रमको कहिल्यै उचित कदर हुने छैन । गम्भीर रुपले सम्बन्धित निकायले कार्यक्रम निति र कृषि योजना संचालन गर्न सकियो भने मात्र हामी कृषिमा आत्मनिर्भर बनि हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन निर्यात समेत गर्न सक्छौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments