आँप बिक्रीबाट पाँच गुणा बढी आम्दानी

आँप

सर्लाही । देशकै सबैभन्दा ठूलो बागवानी केन्द्र सर्लाहीले यस वर्ष ठेक्का नलागेपछि कर्मचारी खटाएर आँप बिक्री गरेको छ ।

आँप बिक्री गरेर ५२ लाख रुपैयाँभन्दा बढी राजस्व बैंक दाखिला गरेको केन्द्रका प्रमुख पद्मप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अझै एक लाख रुपैयाँ हाराहारीको आँप बिक्री हुन बाँकी छ । केन्द्रले आँप बिक्रीबाट अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच गुणा बढी आम्दानी गरेको छ ।

गत वर्ष ठेक्कामार्फत आँप बिक्रीबाट १० लाख ३५ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि आँप खरिदका लागि एक ठेकेदारले ३७ लाख ७२ हजार रुपैयाँमा टेण्डर हालेका थिए तर ठेकेदार सम्झौता गर्न नआएपछि कृषि विभागसँग स्वीकृति लिएर बागवानी केन्द्र आफैले कर्मचारीमार्फत आँप बिक्री गरेको हो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments