वीरगन्जबाट मात्रै ४२ अर्बको धान-चामल र गेडागुडी भित्रियो, ४५ करोडको फापर र कोदो आयात

वीरगन्जबाट मात्रै ४२ अर्बको धान-चामल र गेडागुडी भित्रियो, ४५ करोडको फापर र कोदो आयात

वीरगन्जः एक वर्षको अवधीमा भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुँदै करिब ४२ अर्ब रुपैयाँ मुल्यको धान, चामल, गहुँ लगायत खाद्यान्न नेपाल आयात भएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा वीरगन्ज नाकाबाट मात्रै ४१ अर्ब ९३ करोड ३९ लाख ५५ हजार ५ सय ४७ रुपैयाँको खाद्यान्न विदेशबाट नेपाल भित्रिएको हो । वीरगन्जमा मुलुककै प्रमुख स्थल नाका वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाहा गरी दुई वटा नाका छन् ।

यी दुवै नाका हुँदै गत आर्थिक वर्षमा भारत तथा तेश्रो मुलुकबाट करिब ४२ अर्ब रुपैयाँ मुल्यको धान, चामल, गहु, मकै, भटमास, फापर, चना, केराउ, बोडी र सिमीका गेडा आयात भएको हो ।गत आर्थिक वर्षमा वीरगन्ज भन्सार हुँदै १८ अर्ब १६ करोड ४८ लाख ३८ हजार र सिर्सिया सुख्खा बन्दरगाह हुँदै २३ अर्ब ७६ करोड ९१ लाख १७ हजार ५ सय ४७ रुपैयाँको खाद्यान्न नेपाल भित्रिएको हो ।

जसमध्ये सबै भन्दा बढी ८ अर्ब ८१ करोड ४७ लाख ६९ हजार १ सय ९८ रुपैयाँ मुल्यको ३० लाख ३४ हजार ९ सय ६२ मेट्रिक टन धान आयात भएको छ । यस्तै ६ अर्ब ७२ करोड ९९ लाख ९५ हजार २ सय ५४ रुपैयाँको १ लाख ४ हजार २ सय १५ मेट्रिक टन भटमास र ६ अर्ब ५६ करोड ८० लाख १७ हजार ४ सय ७३ रुपैयाँको ७ लाख ४ हजार ३ सय ८८ मेट्रिक टन मकै आयात भएको छ ।

यस्तै ५ अर्ब ३६ करोड २७ लाख ३० हजार ४ सय ८४ रुपैयाँको ५३ हजार ७ सय ७२ मेट्रिक टन सिमी र बोडीको गेडा आयात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै भारत तथा तेश्रो मुलुकबाट ४ अर्ब ४९ करोड ८ लाख ५४ हजार ८ सय ४४ रुपैयाँको ८० हजार १ सय ४७ मेट्रिक टन केराउ आयात भएको छ ।

यस्तै ३ अर्ब १६ करोड २२ लाख ७१ हजार ६ सय २८ रुपैयाँको ५८ हजार ८ सय ९५ मेट्रिक टन चामल पनि आयात भयो । यस्तै २ अर्ब ६० करोड ६४ लाख ७२ हजार ४ सय ४१ रुपैयाँको ६४ हजार ७ सय १० मेट्रिक टन गहुँ आयात भएको छ । ६१ करोड ८३ लाख ६९ हजार २ सय २८ रुपैयाँको ६२ हजार ७ सय ६ मेट्रिक टन चना र ४५ करोड ८३ लाख २७ हजार रुपैयाँको १३ हजार ५ सय ५६ मेट्रिक टन फापर र कोदो आयात भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?