लगातारको वर्षाले तुम्कोट गाउँमा पहिरो, खेतबारी,सिँचाइ कुलो र खानेपानीको पाइप बगायो

खेतबारी,सिँचाइ कुलो र खानेपानीको पाइप बगायो

सिमकोट : केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट गाउँमा नजिकैको खेतबारी, होटेल, सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो ।

भीषण वर्षाले माथिबाट पहिरो आउँदा ५०० मिटर लामो खोलामा बनाइएको कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षतविक्षत बनाएको छ । पहिरोले कुलो बगाउँदा ५०० रोपनी खेतबारी र बाँझो जग्गासमेत नरहेको तुम्कोट गाउँ निवासी छेम्जोक दोर्जे लामा जानकारी दिनुभयो । उहाँका अनुसार धेरै समय अगाडि बनाएको सिँचाइ कुलो अहिलेसम्म केही पनि भएको थिएन । एक्कासि ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइपसमेत बगाउँदा खानेपानीको समस्या भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटलसमेत बाढीपहिरोले बगाएको स्थानीयवासी लेण्डो मिग्युर लामा बताउनुभयो । खेतबारीमा लगाएको अन्नबाली बगाएको तुम्कोट गाउँका हिसे पाल्मो लामाले बताउनुभयो । गाउँनै भोकमरी पर्ने सक्ने भन्दै त्यसका लागि सक्दो पहल गरिने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्री तथा नेपाल अस्ट्रिया साझेदारी संस्थाका संयोजनक छेपाल दोर्जे लामाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?