दाना उत्पादन गर्न लागिएकामा किसान हर्षित

दाना उत्पादन

बाँके: खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ। कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ ।

सो कार्यका लागि हालसम्म रु एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शङ्कर न्यौपानेले जानकारी दिए। उनका अनुसार भवनका लागि रु ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रु ६४ लाख जति खर्च भएकोे छ। उद्योगबाट प्रतिघण्टा छ टन दाना उत्पादन गर्न सकिने छ ।

उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरिद गरेर लैजाने किसानलाई सहुलियत दरमा बिक्री गरिने उनले बताए। उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो दश रुपैया सस्तोमा किसानलाई बिक्री गरिने लक्ष्य रहेको फार्मले जनाएको छ ।सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?