दुग्ध उत्पादक किसानलाई १५ करोड रुपैयाँ बढी अनुदान

दूधमा अनुदान

काठमाडौं: बाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई १५ करोड रुपैयाँ बढी अनुदान बाँडेको छ । प्रतिलिटिर २ रुपैयाँ अनुदान दिने कार्यक्रम अन्तर्गत १५ करोड १५ लाख रुपैयाँ वितरण गरिएको हो ।

प्रदेश सरकार अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा ४ हजार ५ सय किसानलाई अनुदान उपलब्ध गराइएको हो । अघिल्लो आर्थिक वर्षमा प्रति लिटिर एक रुपैयाँका दरले ८ करोड रुपैयाँ अनुदान दिइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?