गल्याङद्वारा किसानलाई दूधमा प्रति लिटर १५ अनुदान वितरण

दूधमा अनुदान

स्याङ्जा: गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ। नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई रु १९ लाख ५७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको ।

नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ। ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर रु १५ का दरले ११ लाख ८६ हजार ५७५ वितरण गरिएको छ भने गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना किसानलाई जनही ७२ हजारका दरले सात लाख १४ हजार वितरण गरिएको छ ।

नगरप्रमुख भुपराज अधिकारीले नगरभित्रका किसान आत्मनिर्भर बन्दै गएको बताए। नगप्रमुख अधिकारीले भने, “नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेशाप्रति आकर्षित गरेको छ।” यसबाट किसान आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ ।

नगरप्रमुख अधिकारीले अनुदानको व्यवस्थाले किसान धेरै उत्साहित भएकोले पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत् राख्ने समेत बताए। कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्धन गर्ने कार्यमा किसान उत्साहित भएर लागेकोले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताए। किसान टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार रानाले प्रतिलिटर रु १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ पाएका छन्। यसैगरी, रानाले गाई पकेटलागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरेबापत ४२ हजार अनुदान समेत प्राप्त गरेका छन्। नगरपालिकाको यो कार्यक्रमले कृषिमा लाग्ने किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुुगेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments