सिमकोटमा गाउँका ताजा तरकारी ,खार्पुनाथमा गोलभेँडा उत्पादन प्रतिकेजी रु २००

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा

सिमकोट: वर्षायाम सुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा गाउँका ताजा तरकारी आउन थालेको छ ।

ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी आउनाका साथै खपत पनि राम्रो हुने गरेको हो ।

बजारमा फर्सी, काउली, बन्दा, खुर्सानी, आलु, गोलभेडालगायतको बिक्री बढेको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी बलवान बोहराले बताए।

खार्पुनाथमा गोलभेँडा उत्पादन

खार्पुनाथ गाउँपालिका–४स्थित नल्ला र छिप्रा गाउँमा उत्पादित गोलभेँडाले छिमेकी गाउँपालिकामा पनि बजार पाएको छ ।

घरघरमै टनेल बनाएर गोलभेँडा खेती सुरु गरिएको छ। यसको उत्पादन बढेर छिमेकी गाउँपालिकामा पनि बिक्री गरी आम्दानी बढाउन यहाँका किसान सफल भएका हुन् ।

बिहानै सदरमुकाम सिमकोटमा गोलभेँडा बिक्री गर्न आएका छिप्राका प्रगति रावलले गाउँमा उत्पादन भएको गोलभेँडाले सिमकोटमा राम्रो बजार पाएको छ भने ।

गोलभेँडा पाकेर लटरम्म भएपछि एक किसानले दैनिक २५ किलोसम्म गोलभेँडा सिमकोटसम्म पुर्याएर बिक्री गर्दै आएको छ। प्रतिकेजी रु २०० मा बिक्री हुने गोलभेँडाबाट दिनमै रू आठ हजारसम्म कमाइ हुने गरेको अर्का किसान संयोग शाहीले बताए ।

ती गाउँका ३० घरधुरीले यो खेती गर्दै आएका हुन्। यहाँको उत्पादनले अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भइ आउने गोलभेँडाको भर पर्नुपर्ने बाध्यता टरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments