साउथ-इस्ट एसियामा प्रख्यात फलको राजा डुरियन,स्वास्थ्यका लागि फाइदैफाइदा

फलको राजा डुरियन

डुरियनलाई फलको राजा मानिन्छ। यो फल रुख कटहर जस्तो देखिए तापनि विशेषता भने कटहरभन्दा भिन्न छ।

शक्तिको मुख्य स्रोतको रुपमा लिइने यो फलको तौल ६०० देखि ७०० ग्रामसम्म हुन्छ। सय ग्राम डुरियल फल खाँदा १४७ क्यालोरी शक्ति प्राप्त हुने हुँदा यो धेरैका लागि उपयोगी फलको रुपमा लिइन्छ।

जर्मन रिसर्च सेन्टर फर फुड केमेस्ट्रीका अनुसार डुरियनको गन्ध महको या रोस्ट गरिएको प्याजको जस्तो भिन्न खालको हुन्छ।अमेरिकन कृषि विभागको अनुसन्धान अनुसार यो फल प्रोटिन, कार्बोहाइडेड, फाइबर, क्याल्सिय, पोटासियम, भिटामिन सी, रिबोफलाभिन फोलट पर्याप्त पाइने हुनाले स्वास्थ्यका लागि उत्तम छ।

यो फललाई भिटामिन र मिनरल्सको भन्डार (ग्यालोरी) भनेर पनि चिनिन्छ। यो फलको वैज्ञानिक नाम डुरियो हो भने मलोस उच्च वर्गीकरण र मैलवेलिस समूहमा राखिएको छ।

यो फललाई खाँदा अलि होसियारपूर्वक हातमा ग्लोभ्स लगाएर रुख कटहर जस्तै छोडाएर कोया निकालेर खानु पर्छ। कसै कसैलाई भने यो फलले साइड इफेक्ट पनि हुन सक्ने हुँदा बुझेर मात्र सेवन गर्दा राम्रो हुन्छ।

कसैकसैलाई यो फल खाँदा डाइरिया हुने, पेट दुख्ने, ग्याँस हुने, बमिट हुने, एलर्जी हुने हुन्छ तर पनि यसका व्यापक स्वास्थ्य सम्बन्धी फाइदैफाइदा पाइन्छ। महत्वपूर्ण मिनेरल्स जस्तै: पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सोडियम, जिन्क, फस्पोरस पर्याप्त पाइने हुँदा पनि यो फल अतl नै राम्रो र स्वास्थ्य सम्बन्धी धेरै फाइदा बोकेको हुन्छ।

फलको राजा भनेर साउथ-इस्ट एसियामा प्रख्यात यो फल मलेसिया, इन्डोनेसिया, ब्रुनाई, फिलिपिन्समा खेती व्यापक हुन्छ। ३० प्रजातिमा पाइने यो फल ९ जात मात्र खान योग्य मानिएको छ।

डुरियनका फाइदा
– पाचन शक्ति बलियो बनाउन मद्दत पुर्‍याउँछ।

– कार्डियोभास्कुलर रोग हुनबाट बचाउन मद्दत गर्छ।

– ब्लड सुगरलाई सन्तुलनमा राख्न सहयोगी भूमिका खेल्छ।

– बल्ड प्रेसर हुनबाट बचाउन पद्दत गर्छ।

– भिटामिन सीका कारण बुढो देखिनबाट सुरक्षित राख्छ।

– क्यान्सरको जोखिमबाट जोगाउँछ।

– हेल्दी फर्टिलिटी अर्थात् सेक्सुयल डिसफंक्सनका लागि सहयोगी फल।

– हड्डी सम्बन्धी रोग निदान गर्न मद्दत पुर्‍याउँछ।

– फोलियाको मुख्य स्रोतका कारण एनिमिया हुनबाट बचाइराख्छ।

– एमोनो एसिडका कारण इन्सोमनियाकोबाट बचाउँछ।

– प्राकृतिक रुपमा डिप्रेसनबाट बचाउन मद्दत पुर्‍याउँछ।

– स्ट्रेस हुने समस्या छ भने पनि यो फल बहुउपयोगी सावित भएको छ।

– शरीरको वजन घटाउन अति राम्रो फल मानिन्छ।

– यो फल प्राकृतिक शक्ति प्रदायक बुस्टर पनि हो जसले इम्युनिटी पावर बढाउन सहायता गर्छ।

– यो फलमा शून्य कोलेस्टेरोल हुने हुँदा उच्च शक्ति दिने इन्धन मानिन्छ।

– हार्ट डिजिजका लागि पनि अति नै उपयोगी फल हो डुरियन।

– यो फल नियमित खान सके संक्रमण हुनबाट पनि धेरै बच्न सकिन्छ।

– नियमित निद्राका लागि यो अमृतसमान फल हो।

– मुलायम छालाका लागि पनि यो फल नियमित खाँदा राम्रो मानिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?